logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

तामाङ समाज अमेरिकाको प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा सानुमाया तामाङ निर्वाचित


  • जन आकाश
  • मंगलबार, असोज २ २०७५

न्युयोर्क स् तामाङ समाज अमेरिकाको प्रथम अधिवेशनबाट श्रीमती सानुमाया तामाङको अध्यक्षतामा १६ सदस्यीय कार्यसमिति चयन भएको छ ।
१५ सेप्टेम्बर २०१८ को दिन प्रमुख निर्बाचन आयुक्त भरत मोक्तान तामाङको नेतृत्वमा सम्पन्न निर्बाचनबाट सानुमाया तामाङको नेतृत्वमा १६ सदस्यीय कार्यसमिति निर्बाचित भएको छ । तामाङ समाज अमेरिकाको बिधान अनुशार कुल १९ सदस्यीय कार्यसमितिमा निर्वाचित अध्यक्षले ३ जना सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । नवनिर्वाचित कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष ब्रजेश मोक्तान, उपाध्यक्ष सुमित्रा योञ्जन, महासचिव बुद्दिमान तामाङ, सचिव विनिता तामाङ, कोषाध्यक्ष फुरु लामा तामाङ , सह(कोषाध्यक्ष साजोन थोकर तामाङ, बोर्ड अफ डिरेक्टर उनिशा थीङ ९छोईसाङ० तामाङ , रिनु लामा तामाङ , विष्णुमाया मोक्तान तामाङ, रोजबहादुर घिसिङ तामाङ , अरुणा रुम्बा तामाङ, दिलमाया तामाङ, विष्णु तामाङ, दिपेन्शा लामा तामाङ र तुलबहादुर तामाङ रहेकाछन् ।
तामाङ समाज अमेरिकाले तामाङ समुदायको मौलिक संस्कृतिलाई निरन्तरता दिदै नेपाल र नेपालीको पहिचानलाई प्रवासमा स्थापना गर्ने अभियानमा नेतृत्वदायी भूमिका निर्बाह गर्ने नवनिर्वाचित अध्यक्ष सानुमाया तामाङले बताइन् । यथास्थितिवादी सोचबाट उन्मुक्त भएर नयाँ ढंग र शैलीबाट तामाङ समाज अमेरिकाले सामुदायिक गतिबिधि संचालन गर्ने र नेपाली डायस्पोरामा नयाँ परिवर्तन ल्याउने प्रतिवद्दता अध्यक्ष तामाङले व्यक्त गर्नु भएकोछ ।
“रि(डीफाइनिङ कम्युनिटी एक्टिभिजम् इन् नेपाली डायस्पोरा” भन्ने प्रमुख नारालाई तामाङ समाज अमेरिकाले आत्मासाथ गरेको र सोहि अनुसार आफु अगाडि बढ्ने विश्वास अध्यक्ष तामाङ व्यक्त गरेकी छिन् ।
तामाङ समाज अमेरिकाको आफ्नै कार्यालयमा भएको पहिलो ऐतिहासिक अधिवेशनमा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सचिव भोजराज थोकर, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व सह( संयोजक तथा नेपाली काँग्रेशको महासमिति सदस्य वेद खरेल, नेपाली जनसम्पर्क समिति विश्व संजालका सभापती विष्णु सुवेदी, नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष लुईसाङ वाईवा तामाङ, तामाङ सोसाइटी अफ अमेरिकाका पूर्व अध्यक्षद्वय भरत मोक्तान तामाङ र शान्त थोकरले शुभकामना मन्तब्य दिएका थिए ।
त्यसैगरी मधेशी एसोसियशन इन् अमेरिकाका वरिष्ठ उपाध्यक्ष सतेन्द्र साह, रिजवुड नेपाली समाज अमेरिकाका अध्यक्ष रबिकिरण कोइराला, नेपाल अमेरिका पत्रकार संघका पूर्व अध्यक्ष आङ्छिरिंग शेर्पा, एनआरएन अमेरिकाका महासचिव बिआर लामा, नेपाली जनसम्पर्क समिति अमेरिका लंग आईलेण्ड शाखाका अध्यक्ष विश्व वास्तोला, लंग आईलेण्ड नेपाली समाज अमेरिकाका महासचिव राजन गौली र नेपाल बिद्धार्थी संघ अमेरिकाको अध्यक्ष प्रभात सापकोटा लगायतले अधिवेशन सफलताको लागि शुभकामना मन्तब्य दिएका थिए ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend