जन आकाश
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारणसभा आज भव्यताका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दै हुनुहुन्छ । काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा हुन लागेको कार्यक्रममा देशभरीका निर्माण व्यवसायीहरु काठमाडौं आइसकेका छन् । नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभाको सम्पूर्ण तयारी पूरा भएको मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरी जानकारी दिएको थियो । साधारणसभा सफल बनाउन महासंघका अध्यक्ष विष्णुभाई श्रेष्ठको अध्यक्षतामा ३३१ सदस्य मूल आयोजक समिति गठन गरिएको छ । असोज ४ गते साधारणसभाको औपचारिक उद्घाटन, ५ गते बन्द शत्र, ६ गते नयाँ अध्यक्ष चुन्न निर्वाचित हुनेछ । निर्वाचनमा झण्डै २५ सय भन्दा बढी निर्माण व्यवसायीहरुको उपस्थिति रहनेछ ।
उद्घाटनमा के–के हुँदैछ
क) महासंघको बार्षिक विशेषांक स्मारिका प्रधानमन्त्रीबाट उद्घाटन ।
ख) महासंघका पूर्व उपाध्यक्ष केशव प्रसाद गौतमबाट लिखित निर्माण व्यवसाय नामक पुस्तक प्रधानमन्त्रीबाट उद्घाटन हुनेछ ।
अध्यक्षको लागि को–को ?
अध्यक्षका साझा उम्मेदवारी
yd कार्की
लोकतान्त्रिकबाट होमनाथ कोइराला, रवि सिंह, रामशरण देउजाले अध्यक्षमा दावी गरिरहेका छन् । तर यो समाचार तयार पार्दा सम्म कसले अध्यक्षमा उम्मेदवारी दिने टुंगा लागिसकेको छैन भने यी तिनै जनाले अध्यक्षमा लड्ने प्रचार गरिरहेका छन् ।
कार्की अध्यक्ष हुने सम्भावना यस्तो छ ?
नेपाल निर्माण व्यवसायी महासंघ स्थापना गर्दा देखिका संस्थापक हुन कार्की ।
पहिलो आधारः जसले बच्चा जन्माउँछ त्यो बच्चाको आमालाई जतिको माया अरुलाई हुँदैन । नेपाल निर्माण व्यवसायी संघको स्थापना गर्न कार्कीले गरेको दुःख, योगदान सबै निर्माण व्यवसायीले भूलेका छैनन् ।
दोश्रो आधारः
yd कार्की आफै पनि साना व्यवसायीबाट आएका व्यवसायी हुन र साना निर्माण व्यवसायीहरुको समर्थन धेरैजति कार्कीलाई रहेको देखिन्छ ।
तेश्रो आधारः कार्की
yd कार्की आफै कानुनका विद्यार्थी हुन् । वकिल हुन सरकारले ल्याएको २०७४ को अपराध संहिता ऐनमा समयमा काम नसकेमा, बनाएर तोकेको समयभन्दा अगावै भत्किाएमा निर्माण गर्ने कम्पनीका व्यवसायीलाई सरकारले जेल हाल्ने व्यवस्था गरेको छ । त्यसको कानूनी रुपमा प्रतिवाद गर्न सक्ने क्षमता महासंघमा एकमात्र विकल्प कार्की हुन । त्यसकारण निर्माण व्यवसायीहरुले कानूनीरुपमा सरकारसँग फाइट गर्न सक्छ भनेर कार्कीलाई अध्यक्ष बनाउन धेरैजति व्यवसायीको समर्थन रहेको देखिन्छ ।
चौथो आधारः
yd कार्कीले योभन्दा दुई कार्यकाल अगाडी महासंघको अध्यक्ष भएर काम गर्दा निर्माण व्यवसायीहरुको हितमा मात्र काम गरेको उदाहरण पेश गर्दै कार्कीले उम्मेदवार दिएका छन् । त्यसमा व्यवसायीले पत्यारिलो आधार बनेको देखिन्छ ।
पाँचौ आधारः
yd कार्कीलाई लोकतान्त्रिक, बाम गठबन्धन, साना, ठुला दल सबै पक्षको समर्थन रहेको हुनाले अध्यक्ष पदमा निर्विवाद ३ महिना अगाडिदेखि उम्मेदवार बनेर जिल्ला, प्रदेश, एशोसिएटमा जाँदा सबैको समर्थन रहेको कारण मत दिने क्रममा पनि हार्नेलाई दिनुभन्दा जित्ने कार्कीलाई दिनुपर्छ भन्ने मनोवैज्ञानिक कारण पनि कार्कीले जित्ने आधार बन्दै गएको देखिन्छ ।
छैठौ आधारः अहिले सरकारले गरेका निर्णयसँग समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमतावान व्यक्तित्व ठूलो व्यवसायीले खोजिरहेको र आफ्नो व्यवसाय जोगाउन पनि ठुलो व्यवसायले समेत कार्कीलाई साथ दिने भएको बुझिन्छ ।
सातौ आधारः महासंघका पूर्व अध्यक्षहरु, जयराम लामिछाने, रमेश शर्मा, जिपछिरिङ्ग लामा, समेतले
ydलाई समर्थन गरेबाट पनि जित्ने आधार तयार भएको देखिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend