logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

हिरन कुमार श्रेष्ठ कोषाध्यक्ष बन्ने


  • जन आकाश
  • बिहिबार, असोज ४ २०७५

काठमाडौं ।



रामेछापको ठोसेमा जन्मेका मेहनती, लगनशील र सधैं निर्माण व्यवसायीमा निरन्तर २५ वर्षदेखि लागि रहेका हिरन कुमार श्रेष्ठले विभिन्न सामाजिक भूमिकाहरु समेत निर्वाह गरेका छन् ।
त्यस्तै नेपाल निर्माण व्यवसायी महासंघको फ्रेममा पनि १८औं, १९ औं साधारणसभाबाट अत्याधिक मत ल्याएर केन्द्रीय सदस्यमा निर्वाचित भई निर्माण व्यवसायीका हकहितमा आफ्नो जिम्मेवारी पूरा गर्दै आएका छन् । अहिले २०औं साधारणसभामा कोषाध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।
निर्माण व्यवसायीभित्र मिलनसार, सबै व्यवसायीले काम पाउनुपर्छ भन्ने धारणा राख्ने हिरन कुमार श्रेष्ठलाई जसरी केन्द्रीय सदस्यमा हामीले अत्याधिक मत दिएर जिताएका थियौं त्यसैगरी कोषाध्यक्षमा पनि जिताउँछौं भन्ने धारणा राख्छन् निर्माण व्यवसायीहरु । त्यसकारण कोषाध्यक्षमा हिरनकुमार श्रेष्ठ निश्चित जस्तै हुन लागेको हाम्रा निर्माण संवाददाता योगेश श्रेष्ठले जानकार दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend