जन आकाश
२०६४ सालमा विप्रेषण व्यवसायको रुपमा स्थापना भएको सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रा.लि. एक प्रतिष्ठित रेमिटान्स कम्पनी हो । यस कम्पनी विप्रेषण व्यवसाय समूह मध्ये अग्रस्थान ओगट्न सफल समेत भएको छ । यस रेमिटान्स कम्पनीले आफ्नो व्यवसायका साथ साथै विभिन्न धार्मिक, सांकृतिक तथा सामाजिक कृयाकलापमा आवद्ध भै सहयोग प्रदान गरेको कुरालाई नेपालको परिप्रेक्ष्यमा अति प्रशंसनीयएवं अनुकरणीय मानिएको छ ।
लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धी सुविधा उपलब्ध गराइरहेको सिटी एक्सप्रेसले समस्त नेपालीको महान चाड दशैँ, तिहार र छठ्लाइ लक्षित गर्दै आफ्ना उपभोक्ताहरु संग पर्वको खुशी साट्न लगातार ९० दिन सम्म चल्ने “लखपतिएक्स्प्रेस”उपहार योजना घोषणा गरेको छ ।
सिटी एक्स्प्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २००को मोबाइल टप अप १२ जनाले जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताले रु १०,००० र हरेक महिना लक्कीड्र मा विजयी हुने एक जनालाई रु १००,०००उपहार प्रदान गरिने छ ।
उपहार योजनाको अन्त्य मा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि.१२ बर्ष प्रवेश गरेको उपलक्ष्ेयमा रु १२,००,०००जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि सहभागी हुने जानकारी दिएको छ ।कम्पनीका अनुसार यो “लखपति एक्स्प्रेस”अफर असोज १गते देखि मंसिर २९गते सम्मलागू हुनेछ । यो अवधिभरी सिटी एक्सप्रेस मार्फत मनी ट्रान्स्फर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनेछन् । यस उपहारको विजेता छनौट गर्दा विद्युतीय प्रणालीद्वारा गरिनेछ । यो योजना मार्फत जम्मा ११२० जना उपभोक्ताहरु विजेता हुनेछन्। यो योजना सिटी एक्सप्रेसमा कार्यरत कुनै पनि व्यक्तिलाई लागु हुनेछैन ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend