logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

अमेरिकामा अन्तर्राष्ट्रिय तामाङ समन्वय समिति गठनमिति


  • जन आकाश
  • सोमबार, असोज ८ २०७५

२०७५ असोज
न्युयोर्क, अमेरिका । तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा बसेको कार्यकारिणी बोर्डको प्रथम बैठकले तीन जना बोर्ड अफ डिरेक्टर मनोनयन गरेको छ ।
मनोनित हुनेहरुमा सुरेन्द्र लामा, मोतीलाल तामाङ र राजु तामाङ छन् । तामाङ समाज अमेरिकाको बिधान अनुसार अध्यक्षले ३ जना बोर्ड अफ डिरेक्टर कार्यकारिणी बोर्डमा मनोनित गर्न सक्ने प्रावधान छ । सेप्टेम्बर २३ मा बसेको तामाङ समाज अमेरिकाको प्रथम बोर्ड बैठकले यी तीन जना बोर्ड अफ डिरेक्टरको मनोनयनलाई अनुमोदन गरेको हो ।
त्यसै गरेर अन्तरराष्ट्रिय तामाङ सम्मेलन आयोजना गर्ने उद्देश्यले भरत मोक्तान तामाङ, शान्त थोकर तामाङ र लुईसाङ वाईवा तामाङ रहेको तीन सदस्यीय अन्तरराष्ट्रिय तामाङ समन्वय समिति पनि बैठकबाट अनुमोदन भएको छ ।
बैठकले वरिष्ठ उपाध्यक्ष ब्रजेश लामा तामाङको अध्यक्षतामा इन्फर्मेशन टेक्नोलोजी कमिटी, उपाध्यक्ष सुमित्रा योन्जन तामाङको अध्यक्षतामा महिला शशक्तिकरण कमिटी, सचिव विनिता तामाङको अध्यक्षतामा एक्सटर्नल एफ्येर्स कमिटी, कोषाध्यक्ष फुरु लामा तामाङको अध्यक्षतामा आर्थिक कमिटी, सजुन थोकर तामाङको अध्यक्षतामा युवा तथा खेलकुद कमिटी, यूनिशा तामाङको अध्यक्षतामा सांस्कृतिक कमिटी, रिनु तामाङको अध्यक्षतामा बालबालिका विकास कमिटी, रोजबहादुर घिसिङ तामाङको अध्यक्षतामा इमिग्रेशन कमिटी र दिपेन्शा लामा तामाङको अध्यक्षतामा एजुकेशन कमिटी गठन गरेको जानकारी हामा्र अमेरीकाका संवाददाताले दिएका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend