जन आकाश
काठमाडौं । नेदरल्याण्डको इन्दोभनमा हुन गईरहेको म्याप्स एक्स्पो २०१८-www.map-expo.com_ मा नेपालबाट नेपाली जडिबुटी व्यावसायीहरुले सहभागीता जनाउँदैछन् । उक्त मेला अक्टुवर ३–४ आश्विन १७ –१८ , २०७५ मा हुन गईरहेको नेपाल हब्र्स तथा हर्बल्स उत्पादक संघका अध्यक्ष गोविन्द घिमीरले बताउनु भयो ।
नेहपाको अध्यक्षको नेतृत्वमा ८ वटा जडीबुटी प्रशोधन, उत्पादन कम्पनीका १३ जना उद्यमीहरुको सहभागीता रहने नेपाल हब्र्स तथा हर्बल उत्पादक संघका अध्यक्ष गोविन्द घिमिरेबाट जानकारी प्राप्त भएको छ ।
नेपालमा पाइने अति महत्वपूर्ण जडिबुटी अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने लक्ष्य सहित उक्त मेलामा कन्ट्री पार्टनरका रुपमा नेपाल हब्र्स तथा हर्वल उत्पादक संघको सहभागिता रहने जानकारी अध्यक्ष घिमीरेले अवगत गरानु भयो । यूरोपको अर्गानिक फेयर बायोफेक जर्मनीमा सधै सहभागिता जनाउदै आएको नेहपाले यस पटक भने जडीबुटी र यीनवाट निर्मित विभिन्न उत्पादनको एकल मेलामा सहभागिता हुन गइरहेको हो ।
विश्व बजारमा जडीबुटीवाट निर्मित खाद्य, सुगन्धित तेल, सौन्दय,प्रसाधन, आर्युवेदिक औषधिको माग बढीरहेको हुदा नेपालको हिमालयन जडीबुटीहरुलाई प्रर्वद्धन गर्न नेहपाले अन्तराष्ट्र्यि देशहरुमा सकृय भूमिका विगत १० वर्ष देखी नै निर्वाह गर्दै आएको घिमीरेले बताउनु भयो । नीजि क्षेत्रको एकल प्रयासमा यस मेलामा सहभागिता हुने भएकोले नेपाल सरकारसंग आग्रह गर्दा पनि कुनै सहयोग नभएको गुनासो घिमीरेले गर्नु भयो । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रसंग साझेदारीमा उक्त मेलामा सहभागिता जनाउन नेहपाले प्रस्ताव दिदां कुनै रेस्पोन्स नगरेको उहांको भनाई थियो । जडीबुटीको निर्यात बढाउन सरकारले आन्तरिक तथा बाहय बजारमा कुनै ध्यान तथा बजेटको व्यवस्था नगरी व्यापार तथा एकिकृत रणनीति २०१६ को लक्ष कसरी प्राप्त गर्न सक्छ भन्ने कुरामा अध्यक्ष घिमीरेले प्रश्न गर्नु हुन्छ ? यस्तै रणनिति हो भने सरकारको लक्ष प्राप्ति नभई भइरहेको व्यापार घाटा अझ बढने कुरामा चिन्तित भएको घिमीरेले बताए । फितलो कार्यान्वयन र निर्यात निति असफल हुने कुरामा दुइमत छैन । निर्यात नितिमा नगद अनुदानमा समेत विभेद गरिदै आएको र यस पटकको ५ प्रतिशत सरकारले उपलब्ध गराउने भनिएको नगद अनुदान पनि हाल सम्म निर्देशिका वनाउन नसकेको अवस्था छ ।
नेपालको स्वदेशी कच्चा पदार्थ कुनै पनि रुपमा तेस्रो मुलुकमा निकासी भए ५ प्रतिशत अनुुदान जडीबुटी उद्योगीहरुले पाउने निर्देशिका वनाउन नेहपाले आग्रह गरिरहेको छ । आयातित कच्चा पदार्थवाट निकासी हुने वस्तुहरुलाई भन्दा स्वदेशी १००∞ कच्चा पदार्थ प्रसोधित वा अर्ध प्रसोधित वस्तुहरुको निकासीमा सरकारको नीतिमा परिवर्तन गर्न घिमीरेले जोड गर्दै आउनु भएको समेत व्योहोरा हामीलाई अवगत गराउनु भयो ।
उक्त मेलाको अवसरमा सहभागिहरुले एक दिने नेपालको सुगन्धित तेलहरुवाट नेदरलैयण्डका बिज्ञहरुवाट पुम नेदरलैण्डको सहकार्यमा परफयूम वनाउने तालीम पनि आयोजना गर्न गइरहेको अध्यक्षले जानकारी दिनु भयो ।
यस्तो तालीम नेहपाको अगुवाइमा गत वर्ष कस्मेटिक प्रोडक्ट्स पुमको सहयोगमा नेपालमा नै आयोजना समेत गरेको थियो ।
उक्त मेलामा २६ देशका जडीबुटीका उद्योगीहरुसंग व्यवसायिक मिटीड. बी टु बी समेतको आयोजना गरिएको र बायरहरुसंग निर्यात गर्न संझौता समेत हुने अध्यक्ष घिमीरेले जानकारी दिनु भयो । उक्त मेला पश्चात घिमीरेको नेतृत्वमा अन्य ५ वटा मुलुकहरु प््राmान्स, बेल्जियम, इटाली, जर्मनी र स्वीजरलैण्डका व्यवसायीहरुर्सग वैठक, प्रमाणित ल्याबहरुको अध्ययन अवलोकन साथै यूरोपका मूख्य पर्यटन केन्द्रहरु भ्रमण समेत गरिने बताउनु भयो ।
यस कार्यमा अध्यक्ष घिमीरेले एक वर्ष अघिदेखी नै समन्वय गर्दै आइरहनु भएको हो । नेहपामा नेतृत्व क्षमतामा गोविन्द घिमीरे निरन्तर ३ कार्यकाल देखी अब्बल भई अन्तराष्ट्र्यि छवि समेत बनाइ विश्व बजारमा परिचित समेत हुनु भएको छ । उहाको कार्यकालमा स्वदेश तथा विदेशमा नेपालको जडीबुटी चिनाउन र प्रर्वद्धनमा सरकारको सहयोग नभएता पनि उहाले राम्रो छवि बनाएको एक उदाहरणिय काम भएको छ ।
नेपाल चेम्वर्स अफ कमर्श कृषि समितिको बरिष्ठ सहसंयोजक, नेपाल चाइना ट्रेड एण्ड इण्डष्«िटयल एसोसियसनका बरिष्ठ उपाध्यक्ष , र नेपाल सिगांपुर चेम्वर्स अफ कमर्शका कार्यकारी सदस्य समेत रहनु भएका घिमीरे नेपाल उद्योग वाणिज्य महासंघका पूर्व निर्यात समितिको विशेस आमन्त्रित सदस्य भई १० वर्ष देखी निरन्तर नेपालको जडीबुटी अन्तराष्ट्र्यि बजारमा पहुच पुरयाउन लागिरहनु भएको छ । उहाको लगनशिलता र मिहिनेतलाई सरकारले अझै चिन्न र सहयोग पुरयाउन नसकोको मा हामीलाई पनि विशेस चासो र ध्यानकषण गराउन चाहेका छौ ।
यस मेलामा वायरहरुसंगको संझौता गरिने आधारमा नेपालको जडीबुटीहरुवाट निर्मित २५ करोडको कारोबार हुन सक्ने अनुमान अध्यक्षको भनाई थियो । यस्ता मेलामा क्रेताहरुलाई हामी नेपालका मौलिक वस्तुहरु चिनाउन सफल हुनु नै हाम्रो उपलब्धी हो भन्ने उहांको भिजन रहेको छ । हाम्रो उत्पादनहरु ठूलो परिमाणमा छैन हाइ भ्यालु नीच मार्केट हाम्रो राणनीति हो तर उत्पादनको गुणस्तर हामीलाई चुनौती छन त्यसमा सरकारको पटकै सहयोग भएन भन्ने भनाइ पनि रहयो । दुरदृष्टि सरकारको भएन हाम्रो एकल प्रयासमा लडिरहेको भन्नु भयो । हाम्रो समस्या किसान देखी संकलनकर्तालाई पोष्ट हार्वेष्टमा सहयोग गरिदिने सरकारी निकाय खोइ ? जसरी कृषिमा तल्लो इकाइ सम्म कार्यालयहरु छन , नेपाल सरकारको संयन्त्रमा तर हामी पिडित भयौ न न्यूनतम मूल्य किसान, संकलनकर्तालाई मूल्य निर्धारण तोकियो न गुणस्तरमा सहयोग पुग्ने कार्यक्रम नै नेपाल सरकारका निकायमा संयन्त्र नया वन नितीमा ल्याइयो ? हाम्रो माग कतैवाट सुनवाई भएन नया संरचना वनाउदा पनि । अब समृद्धि जडीबुटीको विकास र प्रर्वद्धन हुनु पर्छ , यसको हेर्ने छुटै निकाय सयन्त्रमा हुनु पर्छ नत्र प्रधानमन्त्रीको माहान वाणी सुखी नेपाली, समृद्ध नेपाल वाइमिस्टेकली बोलिएको वाणी हुने छ ।
अहिलेको संरचना र कर्मचारीतन्त्रले जडीबुटीको व्यवसाय तस्करीको संज्ञामा गणना गरिन्छ । दुवै पक्षलाई कलङ्क छ खुसखोरी कर्मचारी तस्करी व्यापारी यो तोडन र स्वच्छ छबी वनाउने निति नियम, कार्यविधि पारदर्शी तथा संरक्षणमूखी कानून नियमहरु भएको कारण यस्तो हो भन्ने अध्यक्षको बुझाई छ । त्यसैले अब वन्ने वन, निति, वाणिज्यनीति अनुदान कार्यविधि नीजिक्षेत्रमूखी र किसान, सकंलनमूखी, वातावरण र दिगो बजार वनाउने, कागजी घोडा नभई डिजिटल पारदर्शी, निर्यातमूखी नियम कानून वनाउने तर्फ सरकारले स्पष्ट नीजि क्षेत्रको भूमिका तोकेर कार्यान्वयन, अनुगमन, गर्ने काम हुन पर्नेमा जोड दिनु पर्छ भन्ने कुरा अध्यक्षले बताउनु भयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend