जन आकाश
नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारणसभा सम्पन्न भएको छ । गएको शनिबार प्रज्ञा भवनमा भएको साधारणसभामा नयाँ नेतृत्वको लागि छलफल भएको थियो र व्यवसायीको एकताको लागि सर्वसहमतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयत्न गरेको भएता पनि अन्तिममा कुनै निष्कर्ष ननिस्केपछि चारजनाले अध्यक्षमा उम्मेदवारी दिएका थिए । ती चारजनामध्य रवि सिंहले सबै भन्दा बढी मत ल्याई ३ वर्षको लागि अध्यक्ष भएका छन् । कुल खसेको मतको रविसिंहले ४६६ मत उनका निकटतम प्रतिद्वन्दी यक्षध्वज कार्कीले ३५२ मत, रामशरण देउवाले ६६ मत र सबैभन्दा कम पुरुषोत्तम मानन्धरले ७ मत प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा निकोलस
वरिष्ठ उपाध्यक्षमा निकोलस पाण्डे विजयी भएका छन् उनले ४६५ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिद्धन्दी लक्ष्मण कुमार राणाले ४२८ मत ल्याएका थिए ।
उपाध्यक्षहरुमाः १ नम्बर प्रदेशबाट धिरेन्द्र कुमार दाहाल, ५५, प्रदेश नं. २ बाट सुरेश प्रसाद सि.ह ५३, प्रदेश नं. ३ बाट पेम्बा लामा (शेर्पा) ११९, प्रदेश नम्बर ४ बाट राजेन्द्र पहरी ६०, प्रदेश नं. ५ गते टोपबहादुर रायमाझी ६४, प्रदेश नं. ६ कर्णाली बाट रत्नबहादुर खड्का ५२ र प्रदेश नं. ७ बाट टेकबहादुर सेठ्ठी निर्विरोध विजयी भएका छन् ।
उपाध्यक्ष एशोसिएट तर्फः आङ दोर्जी लामा (एडी २८ मत)
महासचिवमाः रोशन दाहालले ३४९ मत ल्याई बाजी मारेका छन् ।
उपमहासचिवमाः टंक प्रसाद चौलागाईले ३८९ मत ल्याई विजयी भएका छन् ।
उपमहासचिव अन्तरिममा नरहरी थपलिया ५४० मत ल्याई बिजयी भएका छन् ।
कोषाध्यक्षमा हिरन कुमार श्रेष्ठले ४७० मत ल्याई बिजयी भएका छन् ।
सहकोषाध्यक्ष खुल्लामा सरस्वती कार्कीले २७६ मत ल्याई विजयी भएकी छिन् ।
सदस्यहरु खुल्ला निर्वाचनमार्फत, प्रमोद लामिछाने ३२१, सुरेन्द्रराज केसी ३४१, अशोक कुमार केसी ३५७, भीम बहादुर पाल ४०१, सूर्य बहादुर खड्का ३६८ ल्याई विजयी भएका छन् ।
खुल्ला सदस्य १ नं. प्रदेश महासंघबाट सुमन्त कोइराला २२६ ।
प्रदेश सदस्य (१ नं. प्रदेश महासंघबाट) यज्ञप्रसाद खतिवडा ९३ ।
खुल्ला सदस्य २ नं. प्रदेश महासंघबाट संजय कुमार गुप्ता, निर्विरोध विजयी भएका छन् ।
प्रदेश नं. २ महासंघबाट शम्भु ठाकुर ३८ मत
खुला सदस्य ३ नं. प्रदेश महासंघबाट होमकुमार शर्मा आचर्या ३८५
प्रदेश सदस्य ३ नं. महासंघबाट पञ्चराम तामाङ ‘पदम’ १०० मत ।
खुल्ला सदस्य गण्डकी प्रदेश महासंघबाट उत्तम भट्ट ४२८ मत ।
प्रदेश सदस्य (गण्डकी प्रदेश महासंघबाट) खिम प्रसाद मल्ल निर्विरोध ।
खुल्ला सदस्य ५ नं. प्रदेश महासंघबाट बालाजु श्रेष्ठ निर्विरोध ।
प्रदेश सदस्य (५ नं. प्रदेश महासंघबाट) मेघजंग शाह निर्विरोध ।
खुल्ला सदस्य कर्णाली प्रदेश महासंघबाट चन्द्रप्रकाश थपलिया ४३६ मत ।
प्रदेश सदस्य कर्णाली प्रदेश महासंघबाट सुरजजंग मल्ल ४८ मत ।
खुल्ला सदस्य ७ नं. प्रदेश महासंघबाट विरबहादुर साउद ४९९ मत ।
प्रदेश सदस्य ७ नं. प्रदेश महासंघबाट हरिप्रसाद भट्ट निर्विरोध ।
सदस्य एशोसिएटहरुः रामजी पन्त ४४१ मत, शिवहरी घिमिरे ४०४ मत, उज्वल गौतम ४३२ मत, इ. विकास मल्ल ४१२ मत ल्याई विजयी भएका छन् ।
सदस्य महिलाहरुः मोहन कुमारी कालिकोटे निर्विरोध, मनिकला रानामगर निर्विरोध, बबिता कटुवाल निर्विरोध, तारा कुमारी शाह निर्विरोध निर्वाचित भएका छन् ।
सदस्य तराई मधेश क्षेत्रबाटः सन्तोष शाह ५९८ मत ।
सदस्य जनजातिहरुबाट दावा पेम्वा तामाङ ४५३ मत ।
सदस्य पिछडिएको क्षेत्रबाट मंगलबहादुर शाही ४८४ मत ।
सदस्य वस्तुगतबाटः तेजबहादुर राई निर्विरोध नेपाल निर्माण व्यवसायी महासंघको २०औं साधारणसभाबाट माथि उल्लेखित व्यक्तित्वहरु महासंघमा निर्वाचित भएका हुन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend