logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

शंकराचार्यद्वारा चन्द्रागिरि केबलकारको भ्रमण


  • जन आकाश
  • सोमबार, असोज १५ २०७५

१५ असोज २०७५, चन्द्रागिरि । आदि शंकराचार्यले काठमाडौको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरि पर्वतमा निर्माण गरिएको चन्द्रागिरि केबलकारको अनौपचारिक भ्रमण गर्नुभएको छ । चन्द्रागिरि हिल्स लिमिटेडका संस्थापक सेयर सदस्य मीन बहादुर गुरुङ्गले आदि शंकराचार्यलाई स्वागत गर्दै परियोजनाको स्थलगत भ्रमण गराउनुभएको थियो ।
चन्द्रागिरिको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै आदि शंकराचार्यले महादेव भालेश्वरको निवासस्थल चन्द्रागिरि पर्वत अत्यन्तै रमणीय र पबित्र रहेको कुरा उल्लेख गर्नुभएको छ । नयाँ योजनाका साथ निर्माण भएको भालेश्वर महादेवको मन्दिर लगायत चन्द्रागिरि परिसरको उपर्युक्त हेरचाह देखेर आफु प्रशत्र भएको उल्लेख गर्दै परियोजना सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।



 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend