logo शनिबार, कार्तिक ८ २०८३ | Saturday 24th October 2026

चन्द्रागिरि हिल्सलाई नेपालको उत्कृष्ट गन्तव्य पुरस्कार


  • जन आकाश
  • आइतबार, असोज २१ २०७५

 



असोज( चन्द्रागिरि नेपालको चन्द्रागिरि हिल्स लिमिटेडलाई नेपालकै एक उत्कृष्ट
पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको छ । भारतको राजधानी नयाँ दिल्लीमा शुक्रबार साँझ
आयोजना गरिएको एक विशेष कार्यक्रममा उक्त लिमिटेडलाई नेपालको उत्कृष्ट पर्यटकीय गन्तव्य
पुरस्कार प्रदान गरिएको हो ।
नयाँ दिल्लीमा शुक्रबार आयोजित १४ औँ वार्षिक अन्तर्राष्ट्रिय हस्पिटालिटी तथा ट्राभल अवार्ड
कार्यक्रममा भारतका सामाजिक न्याय तथा वातावरण राज्यमन्त्री रामदाश अठवाले र पर्यटन
राज्यमन्त्री के जे अल्फोनले चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई सो पुरस्कार प्रदान
गर्नुभयो । पुरस्कार वितरण समरोहमा चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्ध अभिषेक विक्रम शाह र सेल्स विभाग प्रमुख विख्यात विक्रम राणाको पनि उपस्थिति रहेको थियो ।
भारत र विश्वका अन्य उत्कृष्ट पर्यटकीय गन्तव्यका साथै सेवा क्षेत्रको पहिचान गरी पुरस्कार प्रदान
गर्न भारतको डिएलके पब्लिकेसन प्रालिले वर्षेनी यो ‘विश्व इण्डिया एण्ड एक्स्प्लोर हस्पिटालिटी
ट्राभल अवार्ड’ वितरण कार्यक्रमको आयोजना गर्ने गर्दछ चन्द्रागिरि हिल्स पछिल्लो समयमा नेपालको मात्र नभएर भारतीय पर्यटकहरुमाझ पनि लोकप्रिय र
आकर्षक पर्यटकीय गन्तव्य बनेकोले अन्तर्राष्ट्रिय स्तरको सो पुरस्कार प्रदान गरिएको उक्त
पब्लिकेसनद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।
सो कार्यक्रममा भारत र अरु देशका पनि केही उत्कृष्ट गन्तव्य र सेवाक्षेत्रहरुलाई पुरस्कृत गरिएको
थियो । काठमाडौँमा पशुपतिनाथको दर्शनका लागि वर्षेनी हजारौँको संख्यामा आउने भारतीय पर्यटकहरु चन्द्रागिरिमा भालेश्वरको दर्शनका लागि पनि जाने गरेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रवन्धक अभिषेक विक्रम शाहले जानकारी दिनुभयो । यसै कारण पनि उक्त गन्तव्यलाई नयाँ दिल्लीमा आयोजना गरिएको सो कार्यक्रममा उत्कृष्ट पर्यटकीय गन्तव्य पुरस्कार प्रदान गरिएको हो । सो पुरस्कार प्राप्त गरेपछि उक्त प्रालिका अध्यक्ष ढकालले आफू निकै खुसी भएको प्रतिक्रिया दिनुभयो। उहाँले यस पुरस्कारबाट नेपालका राम्रा पर्यटकीय गन्तव्यहरुको भारत र अन्य देशमापनि पहिचान र प्रचार हुन पुगेको र यसले देशमा पर्यटन क्षेत्रको विकास र विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएकोधारणा राख्नुभयो । उहाँल ेचन्द्रागिरिलाई गरिएको यो सम्मानले नेपालमा मुक्तिनाथ, जानकी, मौलाकालिका जस्ता अरु
पनि कैयौँ हिन्दू तीर्थस्थलहरुमा पनि उत्कृष्ट धार्मिक पर्यटनको विकासका लागि आधार बन्नुपर्छ भन्ने
सन्देश मिलेको पनि बताउनुभयो ।
नेपालको राजनीतिक, सांस्कृतिक र धार्मिक हिसाबले ऐतिहासिक मानिने चन्द्रागिरि हिल्समा केवल
कार निर्माण गरी विसं २०७३ साउन २६ गतेबाट सेवा शुरु गरिएको हो । त्यसयता हरेक दिन २
हजार देखि २२ सयको संख्यामा पर्यटक त्यहाँ पुग्ने गरेका छन् । आइएमई ग्रुपका जनसम्पर्क
व्यवस्थापन प्रमुख राजु पौडेलका अनुसार उक्त हिल्समा केवलकार चढेर गतवर्ष सम्म करिब साढे ७ लाख पर्यटक पुगेका थिए । त्यहाँ जानेहरुमा उल्लेख्य व्यक्ति धार्मिक पर्यटकहरु हुने र उनीहरु भालेश्वर मन्दिरको दर्शनका लागि पनि जाने गरेका पौडेलले जानकारी दिनुभयो ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर
महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पूर्वाधार निर्माण गरेर
चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend