जन आकाश
हिजो एक ज्ञिप्ति जारी र्गदै पुर्व राजा ज्ञानेन्द्रले गहकिला शब्दहरु प्रयोग गदै घुमाउरो भाषामा देशमा अमन चयन गर्न र सदभाव र एकताको लागि सहमतिमा सतmा छोडेको तर अहिले त्यसको विपरित भइ देशकै धार्मिक, सांस्कृतिक रुपमा समेत आक्रमण भएको उल्लेख र्गदै यस्तैै घटना विकाश हुदै गएमा राष्ट्रिय अस्तित्व समेत खतरामा परेको भनि चिन्ता व्यातm गरेका छन् ।हेर्नुस वक्तव्यको पुर्ण पाठ
प्यारा नेपाली दिदीबहिनी तथा दाजुभाइ
विजयादशमीको पावन अवसरमा हामी देशभित्र र देशबाहिर रहे–बसेका सम्पूर्ण नेपालीहरूमा शान्ति, सुख र समृद्धिको लागि शुभकामना व्यक्त गर्दछौँ ।
नेपाल राष्ट्र भन्नु नै यज्ञीय, मन्त्रीय, तन्त्रीय, वैदिक, अनुष्ठान, साधना र परम्पराले वेष्ठित रहेको छ । कोट, मौलो, खड्ग, छत्र, शिला, कलश, शक्तिपीठका प्रतीकका रूपमा रही नेपाली समाजमा देवी महात्म्य आराध्य छिन् । तर, पछिल्लो समय हाम्रा मौलिक धर्म, संस्कृति र चाडपर्वहरू संकटमा पर्दै जानु सबै नेपालीका लागि विषद् विषय बनेको छ ।
देश शान्त, सुखी र समृद्ध बन्ने आशामा हामीले गरेको सहमति अभिभाज्य मुलुक र सद्भावपूर्ण राष्ट्रिय एकताका निम्ति थियो भन्ने तथ्य पुनः स्मरण गराउँदछु । देशमा शान्ति–सुव्यवस्था बन्ने, एउटा नेपाली अर्को नेपालीबाट मर्नु–मारिनु नपर्ने, आपराधिक क्रियाकलापमा न्यूनीकरण हुने, कोपिला बालबालिकाहरूसमेत सुरक्षित र संरक्षित रहन सक्ने, विभिन्न आकार–प्रकारका सरकारहरूबाट जनतामाथि आर्थिक भार कम हुने, जनताको जीवन सुखमय बन्ने, राष्ट्रिय एकता र सार्वभौमिकता थप मजबुद हुने तथा असहिष्णु व्यवहार निरुत्साहित हुँदै जाने विश्वास हामीले लिएका थियौँ ।
देश बन्ने–बनाइने सपना देखेका हामी नेपाली राजनीतिक परिवर्तनको नाममा समेटिएका असामयिक तथा असान्दर्भिक कार्यसूचीहरूका कारण देश कसरी बचाउने भन्ने चिन्ताजनक अवस्थामा आइपुगेका छौँ । हरेक उपलब्धिहरू परिवर्तन हुन्, तर हरेक परिवर्तनहरू उपलब्धिमूलक बन्न सक्दारहेनछन् भन्ने पुष्टि विद्यमान अवस्थाले देखाइरहेको छ । आज नेपालीबीचको सामाजिक सद्भाव मेटिँदै छ भने तराई, पहाड र हिमालमाझको ऐक्यभाव तोड्ने भगीरथ प्रयत्नसमेत भइरहेको छ । अब समीक्षा र आत्ममूल्यांकनको घडी आएको छ । आफैँलाई साक्षी राखेर देश र देशवासीका पक्षमा केही गर्ने प्रण गरौँ।
श्री नवदुर्गा भवानीले सबै नेपालीमा सत्प्रेरणा प्रदान गरून्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पुनर्जागरण होस्, यही मेरो कामना छ ।
जय नेपाल ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend