जन आकाश
नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएको हिमालय एअरलाइन्सले चीनमा पनि व्यावसायिक उडान सुरु गर्ने भएको छ । जनवादी गणतान्त्रिक चीनको प्रमुख पर्यटकीय शहर चोङकिङमा आफ्नो पहिलो व्यावसायिक उडान भर्दै हिमालय एअरलाइन्सले चीनको हवाई बजारमा प्रवेश गरेको छ । हिमालय एअरलाइन्सले आफ्ना सुरुवाती उडान साताको प्रत्येक बिहीबार चोङकिङदेखि काठमाडौं सम्मको चार्टड सेवा उपलब्ध गराउनेछ । चोङकिङ र काठमाडौंबीच सीधा उडान भर्ने हिमालय एअरलाइन्स एकमात्र एअरलाइन्स हो ।
२०७५ कार्तिक १ मा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समय दिउ“सो ४ः५५ मा आफ्नो उद्घाटन उडान भरेको यस एअरलान्इसको जहाजले चोङकिङस्थित जियाङबेई अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय रातको ११ ः ०५ मा अवतरण गरेको थियो ।
२०७५ कात्तिक २ गते चोङकिङबाट हिमालय एअरलाइन्सको जहाजले स्थानीय समय रातको १२ ः०५ मा उडान गरी काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा रातको १ ः ५५ मा अवतरण गरेको थियो ।
‘चीन हाम्रो लक्षित बजारमध्ये एक हो । हामी एक पाइला अगाडि सर्न पाउ“दा एकदमै हर्षित छौं । यो उडानको सुरुवातस“गै हामीले ‘विजनेश ट्राभलर’लाई सेवा उपलव्ध गराउने अवसर पाएका छौं । चीनको चोङकिङबाट काठमाडौं उडान भर्ने पहिलो र एकमात्र वायुसेवा संस्था भएकोमा हामी गर्वान्वित छौं । चोङकिङमा विदेश यात्रा गर्ने मानिसहरु प्रशस्त रहेका छन् । चोङकिङबाट विदेश यात्रामा निस्कने यात्रुको संख्या प्रशस्त हुने भएकोले हामीलाई उडान भर्न समस्या नहुने कुरामा विश्वस्त छौं’ उपाध्यक्ष विजय श्रेष्ठ बताउनुहुन्छ, ‘हिमालय एअरलाइन्सले धेरैभन्दा धेरै चिनिया“ पर्यटक नेपाल भित्र्याउन र दुवै देशको आर्थिक पर्यटनको विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’
चीनको केन्द्रीय शासित शहरहरु बेइजिङ, सांघाई र तियानजिनका साथै चोङकिङ पनि एक हो, जहा“ पर्यटकका लागि उल्लेखनीय आकर्षणहरु रहेका छन् । चोङकिङ आफ्नो सम्पन्न इतिहास र सांस्कृतिक सम्पदाले प्रख्यात छ । यो आर्थिक र उत्पादनको केन्द्रको रुपमा पनि परिचित छ । यतिमात्र नभई चोङकिङ एउटा दक्षिणपूर्वी परिवहनको केन्द्रको रुपमा पनि रहेको छ ।
नेपाल चिनिया“ पर्यटकका लागि आफ्नो फुर्सदिलो समय बिताउने आर्कषक नया“ गन्तव्य बन्न थालेको छ । विगत दुई बर्षमा नेपाल भ्रमणमा आउने चिनिया“ पर्यटकहरुको तथ्यांकले यो कुरा पुष्टि गर्दछ । २०७३ सालको भूकम्प र नाकाबन्दीका कारण नेपालमा वैदेशिक पर्यटन न्यून स्तरमा पुगेको थियो । त्यसपश्चात नेपाल भ्रमण गर्ने चिनिया“ पर्यटकको संख्या भने अत्याधिक रुपमा बढेको छ । सन् २०१८ को जनवरीदेखि सेप्टेम्बरसम्म १ लाख ९ हजार ४ सय ९७ चिनिया“ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अघिल्लो बर्ष २०१७ को सोही समयको तुलनामा नेपाल आउने चिनिया“ पर्यटकको संख्यामा ४८.८ प्रतिशतले वृद्धि भएको हो । नेपाली पर्यटन बजारमा भारत पहिलो र चीन दोस्रो स्थानमा रहेको छ । नेपाल आउने कुल पर्यटक संख्यामा १४.४ प्रतिशत चिनिया“ पर्यटक रहेका छन् ।
चोङकिङ–काठमाडौंवीच सीधा हवाई सम्र्पकस“गै हिमालय एअरलाइन्सले नेपाली पर्यटन अर्थतन्त्रमा नया“ र व्यापक रुपमा आफ्नो योगदान पु¥याउने आशा राखेको छ । साथसाथै, एअरलाइन्सले चीनस“ग सीधा हवाई सम्पर्क विस्तार गर्न अर्काे चरणमा, अन्य शहरहरु बेइजिङ, हाएकाउ, नान्चाङ जोड्ने योजना बनाएको छ ।
हिमालय एअरलाइन्सको बारेमा
नेपाल–चीन संयुक्त लगानीमा अगष्ट २०१४ मा स्थापित हिमालय एअरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमानसेवा हो । पूर्ण सेवाकालीन रुपमा उत्कृष्ट सेवा प्रदायकको रुपमा हिमालय एअरलाइन्सले उड्डयन सुरक्षा, उडान नियमितता र मुख्य रुपमा ग्राहकको सेवा तथा सुविधालाई अझ स्तरोन्नति गर्दै लैजाने लक्ष्य राखेको छ ।
हिमालय एअरलाइन्सले आफना तीनवटा ए ३२० सिरिजका, मध्यम आकारका बिजनेस क्लासमा ८ र इकोनोमी क्लासमा १५८ सिट भएका जहाजहरुमार्फत हाल दोहा, क्वालालम्पुर, दुबई र दमाम गरी चारवटा गन्तव्यमा उडानहरु सञ्चालन गरेको छ ।
हिमालय एअरलाइन्सले माल्दिभ्सको इक्वेटर भिलेज, अद्दु सिटीमा अक्टोबर २८, २०१७ मा आयोजित दक्षिण एसियाली ट्राभल अवार्ड (साटा), २०१७ मा “दक्षिण एसियाको प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा” जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिएको छ । यो अवार्डले एअरलाइन्सका सेवाहरुको विकास तथा बिस्तारका लागि गरिएका प्रयासहरुलाई सम्मानित गरेको छ । साथै, यसले उड्डयन क्षेत्रमा अझ सशक्त रुपमा अगाडि बढ्न निकै पे्ररणा दिएको छ ।
अतिथि देवो भवः अर्थात् पाहुना देवतातुल्य हुन् भन्ने नेपाली परम्परालाई आत्मसात् गर्दै हिमालय एअरलाइन्स आफ्ना सम्मानित यात्रुवर्गहरुलाई सच्चा एवम् मौलिक नेपाली आतिथ्य प्रदान गर्न सदैव प्रतिबद्घ छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend