logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मुक्तिनाथ विकास बैंकद्धारा लघु बैकिङ्ग ग्राहक सदस्यको कर्जा मिनाहा तथा नगद फिर्ता


  • जन आकाश
  • मंगलबार, कार्तिक १३ २०७५

मुक्तिनाथ विकास बैंकले सामाजिक सुरक्षा कोष अन्तर्गत आफ्ना लघु बैंकिङ्ग ग्राहक सदस्यको मृत्यु भएकोले एक कार्यक्रम मार्फत कर्जा मिनाहा तथा नगद फिर्ता गरि राहत प्रदान गरेको छ । क्षेत्रिय कार्यालय पोखराका क्षेत्रिय प्रबन्धक श्री बाबुराम ढकालको प्रमुख अतिथ्यता र स्थानिय समाजसेवी तथा भद्रभलाद्मी का माझ स्व. हेमन्ती गुरुङ्गका छोरा श्री सन्दीप गुरुङ्गलाई राहत रकम हस्तान्तरण गरिएको हो । पोखरा– १७, हनुमानटोल निवासी स्व. हेमन्ती गुरुङ्गले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय छोरेपाटनको साना तथा लघु बैंकिङ्ग डेस्कबाट सामुहिक जमानतमा रु. १ लाख विना धितो कर्जा परिचालन गर्नु भएको थियो । उहाँको आकस्मिक मृत्यु पश्चात् परिचालन गरेको कर्जाको बैंकलाई तिरि सकेको साँवा,ब्याज र क्रिया खर्च सहितको रकम रु.८०,१३०।– स्व.हेमन्ती गुरुङ्गको छोरालाई नगदै प्रदान गरिएको हो । साथै तिर्न बाँकी कर्जा रकम रु.३३,८३८। पनि सोही कार्यक्रम मार्फत बैंकले मिनाहा गरेको छ । यसै गरि देउराली –०९ कास्की निवासी स्व. नेत्रहरी क्षेत्रीले मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय काहुँखोलाको साना तथा लघु बैंकिङ्ग डेस्कबाट ब्यक्तिगत जमानतमा रु. १ लाख ३० हजार विना धितो कर्जा परिचालन गर्नु भएको थियो । उहाँको आकस्मिक मृत्यु पश्चात् परिचालन गरेको कर्जाको बैंकलाई तिरि सकेको साँवा,ब्याज र क्रिया खर्च सहितको रकम रु.६७,६८२।– स्व.नेत्रहरी क्षेत्रीको पत्नी कविता क्षेत्रीलाई नगदै प्रदान गरिएको हो । साथै तिर्न बाँकी कर्जा रकम रु.७६,८८८।– पनि सोही कार्यक्रम मार्फत बैंकले मिनाहा गरेको छ ।
यसै गरि अर्को कार्यक्रम मार्फत पुतलिबजार नगरपालिका वडा नं. ०६ का वडा अध्यक्ष श्री कृष्ण कार्किको प्रमुख आतिथ्यतामा बैंकको साना तथा लघु बैंकिङ्ग डेस्क छोरेपाटनमा आबद्ध भई रु. ५० हजार कर्जा परिचालन गरेकी टक्सार –४ स्याङ्गजा निवासी स्व.मनसुवा गुरुङ्गको मृत्यु भएकोले उहाँले तिरिसकेको साँवा,ब्याज र क्रिया खर्च सहितको रकम रु.२३,७९१।– स्व.मनसुवा गुरुङ्गको पति श्री मिन बहादुर गुरुङ्ग लाई नगदै प्रदान गरिएको हो । स्व.मनसुवा गुरुङ्गको नाममा तिर्न बाँकी कर्जा रकम रु.२९,५८६।– समेत बैंकले मिनाहा गरेको छ । यसका साथै मुक्तिनाथ विकास बैंकले विभिन्न किसिमका सामाजिक उत्तरदायित्वका गतिविधिहरु मार्फत समाज र आफ्ना ग्राहक सदस्यका हितमा विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend