जन आकाश
तमाङ समाज अमेरिकाद्धारा छ्योरतेन गुम्ब निर्माणमा ५ लाँख सहयोग ।
मोहन कार्की
रामेछाप र दोलखा जिल्लाको भुभागमा वन्दै गरेको नाम्गेल ज्याङछ्युब छ्योलिङ गुम्बा निर्माणको लागि तामाङ अमेरिका समाजद्धारा आज एक कार्यक्रम गरी उक्त रकम गुम्बा संचालक समितिलाइ चेक हस्तान्तरण गरेको हो । अमेरिकावाट आएका तामाङ समाज अमेरिकाको संक्षक तथा आदीवासी जनजाति माहासंघका पूर्व अध्यक्ष लुइसाङ वाइवाले गुम्बा संक्षक टुल्कु लोसाङ नाम्गेल रिम्पोछेलाइ चेक हस्तान्तरण गरेका हुन । पहिलो र दोसा्रे चरण गरी कार्यक्रमलाइ दुइ भागमा विभाजन गरिएको थियो पहिलो चरण कार्यक्रमको अध्यक्षता गुम्बा संक्षक टुल्कु लोसाङ नाम्गेल रिम्पोछेले गर्नुभएको थियो भने दोसो्र चरणको अध्यक्षता अमेरिकावाट आएका लुइसाङ वाइवाले गर्नुभएको थियो । दोसो्र चरणको अन्र्तक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका व्यातित्वहरुले तामाङ भाषा, संस्कृति, परम्परा, रितीरिवाजको र तामाङ समुदायको अवस्थाको बारेमा पनि सुझावहरु दिएका थिए । सुझाव दिने क्रममा पुर्व जापानका लागि डाः गणेस तामाङले पछिल्लो समयमा राज्यको तर्फवाट अधिकारहरु सिमित वन्दै गएको त्यस विषमा तामाङहरुले सोच्नुमर्ने वेला आएको धारण राखेका थिए भने विश्व तामाङ सम्मेलन नेपालकै कुनै क्षेत्रमा आयोजना गर्दा रामो्र हुने सुझाव दिएका थिए । रामेछापवाट प्रतिनिधित्व गरि आएका कृष्ण कुमार लामाले शिक्षाक्षेत्रमा अलि ध्यान नपुगेको जस्तो छ । सिक्षा क्षेत्रमा जोडवल गर्नुपर्ने धारणा राखेका थिए । त्यसैगरी नेपाल प्रवासी तामाङ समाज कतारको सैक्षिक विकाश कोषका संयोजक नर बाहादुर धिसिङले तामाङ समाजको लागि तामाङ समुदायहरुले रामो्र काम गरिरहेको छ । अज्झै रामो्र काम गर्नूपर्ने र आउदा पुस्तालाइ टेवा पुगोस भन्ने उदेश्य राखेर काम गर्नुपर्छ साथै शैक्षिक, आर्थिक अभिवृद्धि गर्नुपर्छ भन्ने सुझाव दिएका थिए । कतारमानै रहेर हाल काठमाडौमा रहेका तेज मोक्तानले तामाङ धेदुङ संघ र कतार तामाङ समाजविज विवाद रहेको र त्यस्तो विवाद ल्याउने काम नेतृत्वले गरेको त्यस्तो विवाद आउदा दिनमा नल्याउन सुझाव दिएका थिए । त्यसैगरी बौद्धका तामाङ कल्याणकारी गुठीका टासी कुमार लामाले जुनसुकै काम गर्न आर्थिक महत्वपुर्ण हुने भएको हुनाले आर्थिकमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका थिए । त्यसैगरी सुझाव दिनेहरुमा काजीमान घिसिङ, हिरा मोक्तान, सोनी मोक्तान, जय गोले,अमृत तामाङ, मिलन लामा,नहवाङ तेन्जिङ तामाङ,उतम ब्लोन लामा लगायतले सुझाव दिएका थिए । लोक गायक समेत रहेका फुलकुमार बम्जनले निक्कै गहकिला सुझाव दिएका थिए तामाङ समुदायको परम्परागत मौलिक उत्पादन जस्तै गुन्दुक उत्पादन गरेर विश्वबजारमा पु¥याउन सक्ने आत्मनिर्भरमुखी संस्किृतिको विकाश गर्नुपर्नेमा जोड दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend