logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सात निर्जीवन बीमा कम्पनीमा कुन भयो फष्ट ।


  • जन आकाश
  • शुक्रबार, कार्तिक ३० २०७५

 



सात निर्जीवन बीमा कम्पनीहरुका बिचमा चालु आर्थिक वर्षको पहिलो त्रैमार्षिकमा प्रतिष्पर्धा देखिएको छ । पूँजी बढाउने चटारोमा रहेका कम्पनी व्यवशायमा पनि उत्तिकै प्रतिष्पर्धामा उत्रिएका हुन् । यहाँ सात कम्पनीको अवस्था उल्लेख छ ।

नेको, हिमालयन जनरल, लुम्बिनी जनरल, प्रडेन्सियल, नेपाल इन्स्योरेन्स, आईएमई जनरल र यूनाइटेड इन्स्योरेन्सले वित्तीय विवरण प्रकाशन गरेका छन् ।

पहिलो त्रैमासमा नेको इन्स्योरेन्सले सबै भन्दा धेरै ५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । नेकोको अरु सूचकहरु पनि सकारात्मक छन् । यस अवधिमा इन्स्योरेन्सले ३० करोड ४९ लाख रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको छ ।

यूनाइटेड इन्स्योरेन्स भने सबै भन्दा कमजोर देखिएको छ । इन्स्योरेन्सले एक करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । इन्स्योरेन्सले सात करोड ८१ लाख रुपैयाँ खुद बीमा शूल्क संकलन गरेको छ भने अन्य सूचकहरु पनि कमजोर छन् ।
नेपाल इन्स्योरेन्स, हिमालय जनरल तथा लुम्बिनी जनरलले ४ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेका छन् । प्रुडेन्सियल इन्स्योरेन्सले ३ करोड ३२ लाख र आईएमई जनरलले दुई करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएका छन् ।

साथै बीमा शूल्कको आधारमा लुम्बिनी जनरलले २१ करोड दुई लाख, नेपाल इन्स्योरेन्सले १२ करोड ५८ लाख, आईएमई जनरलले १२ करोड ३६ लाख र हिमालयन जनरलको ९ करोड ३१ लाख रुपैयाँ बीमा शूल्क उठाएका छन् ।
नेपाल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४४ पैसा र प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ १२ पैसा छ भने मूल्य आम्दानी अनुपात १८।१४ गुण बढी छ ।
यता यूनाइटेड इन्स्योरेन्सको प्रतिशेयर आम्दानी र प्रतिशेयर नेटवर्थ सबै भन्दा थोरै छ । प्रतिशेयर आम्दानी १४ रुपैयाँ ७६ पैसा कायम रहेको इन्स्योरेन्स कम्पनीको । प्रतिशेयर नेटवर्थ १११ रुपैसा ६९ पैसा छ । इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात सबै भन्दा धेरै ५२।१७ गुण बढी छ ।

प्रुडेन्सियल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ७२ पैसा छ भने नेटवर्थ १३० रुपैयाँ १२ पैसा छ । यसको बजार मूल्य ७१४ रुपैयाँ छ । प्रुडेन्सियलको मूल्य आम्दानी अनुपात ३४।४६ गुणा बढी छ ।
आईएमई जनरलको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा कायम छ । इन्स्योरेन्सको बजार मूल्य ७३९ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात ३८।२५ गुणाले बढी छ ।

प्रतिशेयर आम्दानी १९ रुपैयाँ ३२ पैसा रहेको नेको इन्स्योरेन्सको १३० रुपैयाँ ९० पैसा प्रतिशेयर नेटवर्थ छ । यसको बजार मूल्य ५०६ रुपैयाँ छ । मूल्य आम्दानी अनुपात २६।२४ गुणा बढी छ ।
साथै ५१४ रुपैयाँको हाराहारीमा कारोबार भइरहेको लुम्बिनी जनलरको प्रतिशेयर आम्दानी १८ रुपैयाँ ९२ पैसा, प्रतिशेयर नेटवर्थ ११९ रुपैयाँ ४३ पैसा र मूल्य आम्दानी अनुपात २७।१७ गुणा धेरै छ ।
बजार मूल्य सबै भन्दा थोरै ४०३ रुपैयाँ रहेको हिमालय जनरलको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ७६ पैसा छ । इन्स्योरेन्सको नेटवर्थ ११६ रुपैयाँ ८४ पैसा छ भने मूल्य आम्दानी अनुपात २५।५७ गुणा बढी छ ।

बीमा समितिको निर्देशन अनुसार निर्जीवन बीमा कम्पनीले न्यूनतम एक अर्ब चुक्ता पूँजी पुर्याउनु पर्ने हुन्छ । उल्लेखित ७ मध्ये दुई वटाले मात्र एक अर्ब चुक्ता पूँजी पुर्याएका छन् भने बाँकी ५ वटा पुर्याउने क्रममा छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend