जन आकाश
नेपालका लागि टाटा कम्पनीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र शिखर ईन्स्योरेन्स कम्पनी बीच क्यासलेस ईन्स्योरेन्समा सम्झौता भएको छ । शिखर ईन्स्योरेन्सको प्रधान कार्यलय शिखर विजमा भएको एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्ग प्रा. लि.को तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ साथै शिखर ईन्स्योरेन्सको तर्फबाट संस्थाको प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेद्वारा संयुक्त रुपमा हस्ताक्षर गरेका हुन ।
नेपालमै पहिलोपटक सञ्चालनमा ल्याउन लागेको यस योजना अन्तर्गत टाटा कम्पनीका जुनसुकै मोडलका गाडीहरु दुर्घटना भएको अवस्थामा ग्राहकले सिधै सिप्रदी ट्रेडिङ्ग प्रा. लि. को आफुलाई पाएक पर्नै नेपाल अधिराज्यभरीको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बिमा दावी गर्न सक्नेछन् । ग्राहकहरुलाई सुलभ, छिटो र झन्झट रहित सेवा दिन यस व्यवस्थाले सहयोग पुर्याउने दुवै कम्पनीको दावी छ । यसबाटै आउने दिनहरुमा अन्य बिमा कम्पनीहरुसंग पनि सहकार्य गर्दै धेरै भन्दा धेरै ग्राहकहरुलाई सेवा दिने सिप्रदीको योजना छ ।
उक्त कार्यक्रममा आ(आफ्नो ब्यापार ब्यबसायका बारेमा एचयनचभककष्खभ क्ष्लकगचबलअभ जस्ता विभिन्न नया प्रवृति र प्रयोगहरुको छलफल भएको थियो । साथै यस्तै तरिकाले आगामी दिनहरुमा निजी कम्पनीहरु मिलेर काम गर्दा विभिन्न फाइदा हुने दुवै कम्पनिका कार्यकारीले प्रतिकृया दिएका थिए ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend