logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न


  • जन आकाश
  • शुक्रबार, मंसिर ७ २०७५

 



नेपाल बैंकर्स संघको आयोजना तथा एन आई सी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह«्र्रथुमको म्याग्लुङ्ग बजारमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनरज्यूको प्रमुख आथित्यता तथा नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाज्यूको विशेष आथित्यतामा आज ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो । बैंकिङ कारोबार खास गरी बैंकले प्रदान गर्ने कर्जामा सम्पूर्ण नेपाली नागरिकको सहज पहँुच स्थापित गर्न तथा राष्ट्रको उत्पादकत्व अभिवृद्धि गर्दै गरिबीको रेखामुनी रहेका सम्पूर्ण नेपालीहरुको जीवनस्तर उकास्ने अभिप्रायले नेपाल सरकारले आ.व. २०७५÷७६ को बजेटमा ब्यवस्था भए बमोजिम “शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना, महिला उद्यमशिल, दलित समुदाय व्यबसाय बिकास, प्राबिधिक तथा व्यावसायीक शिक्षा, भुकम्प पिडितहरुको निजी आवास निर्माण ऐवं ब्यावसायिक कृषि तथा पशुपक्षीको लागि प्रदान गरिने कर्जाहरुमा तोकिएको ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि २०७५” लाई लागु गरेको र सोही कार्यविधि अन्र्तरगत उक्त कार्यक्रममा एन आई सी एशिया बैंक लिमिटेड म्याग्लुङ्ग शाखाबाट तीन जना ग्राहक महानुभावहरुलाई व्यावसायीक कृषि परियोजना अन्र्तरगत सहुलियत कर्जा प्रदान गरिएको छ । उक्त कार्यक्रममा कर्जा उपयोग गर्ने तेज बहादुर बस्नेत, बिष्णु प्रसाद सुबेदी र नरेन्द्र कुमार सुब्बालाई कार्यक्रमका प्रमुख अतिथी वरिष्ट डेपुटी गर्भनर चिन्तामणी सिवाकोटीज्यू तथा बिशेष अतिथी नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाज्यूले कर्जा सुविधा प्रस्ताव पत्र हस्तान्तरण गर्नुभयो । उक्त कार्यक्रममा म्याग्लुङ्ग बजारमा स्थापित कृषि विकास बैंक, ग्लोबल आई एम ई बैंक तथा जनता बैंकका शाखा कार्यलयहरुबाट समेत ग्राहक महानुभावहरुलाई कर्जा सुबिधा प्रस्ताव हस्तान्तरण गरिएको थियो ।
एन आई सी एशिया बैंकको प्रदेश नं १ का प्रादेशिक प्रमुख लक्ष्मण चालीसेज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमका प्रमुख अतिथि शिवाकोटीज्यूले ग्रामीण क्षेत्रका आमसर्वसाधारण जनतालाई वित्तीय साक्षरता तथा सहुलियत कर्जाका बारेमा विस्तृत रूपमा जानकारी गराउने उद्देश्यले सञ्चालन गरिएको अन्तरक्रिया कार्यक्रममा विशेष सहयोग तथा सहकार्य गरेकोमा एन आई सी एशिया बैंकलाई धन्यवाद दिनुभयो । उहाँले यस्ता कार्यक्रममा कर्जा विस्तार गरी राष्ट्र बिकासमा थप योगदान पु¥याउन वाणिज्य बैंकहरुलाई विशेष आग्रह समेत गर्नुभयो । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाज्यूले नेपाल सरकारका यस्ता कार्यक्रममा बैंकिङ्ग क्षेत्रबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend