जन आकाश
एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं.७ स्थित खाँडिचौर शाखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्रीज्यूबाट तथा पाँचखाल ४, समाजकल्याण चोक स्थित पाँचखाल शाखाको पाँचखाल नगरपालिकाका मेयर महेश खरेलज्यूबाट आज मिति २०७५ मंसिर १० गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६६ शाखा कार्यालयहरु, २७६ एटिनएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २१० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४३ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend