logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मेलम्चीको पानी कहिले आउँछ ?


  • जन आकाश
  • मंगलबार, मंसिर ११ २०७५

मेलम्ची खानेपानी आयोजनामा ढिलासुस्ती कायमै ।
काठमाडौंमा विपन्न परिवारमा खानेपानीको चरम समस्या ।
दुषित खानेपानीको प्रयोगले विभिन्न रोगव्याधी फैलँदै ।
नेपालको विकास गर्ने नेताहरुको भाषण छेपारोको कथा ।
मानिसहरुको लागि अत्यावश्यक नभई नहुने वस्तु मध्य पानी हो । पानी मानिसलगायत प्राणीहरुलाई तिर्खा मेट्नदेखि लिएर सफा सुग्घर राख्न पानी नभई नहुने तरल पदार्थ हो । यो पानी पहाडी क्षेत्रहरुमा मुल फुटेर आउछ भने शहरी र तराइका क्षेत्रहरुमा जमिनमुनीबाट र खोलाहरुबाट टाढादेखि ल्याउनुपर्छ पानीका स्रोतहरु यिनै हुन् ।
विशेष गरेर अचेल शहरी क्षेत्रहरुमा खानेपानीको चरम समस्याहरु छन् । त्यसमध्ये पनि नेपालको केन्द्रीय राजधानी काठमाडौं उपत्यकामा खानेपानीको अभाव हुन थालेको कयौं दशक भइनै सक्यो त्यो समस्यालाई समाधान गर्न नपुग पानी उपभोक्तासम्म पु¥याउन भनेर झण्डै ३२ वर्ष अगाडि परिकल्पना गरेको मेलम्ची खानेपानी आयोजना, आजभन्दा १६ वर्ष अगाडि एडिबी र नेपाल सरकारको लगानीमा शुरु गरिएको थियो । तर मेलम्ची खानेपानी आयोजना निर्माण शुरु भएको १६ वर्षसम्म मेलम्ची खानेपानी आयोजनाले गति लिन सकेको छैन । मेलम्ची खोलाको पानी सिन्धुपाल्चोकको ग्याल्थुमबाट काठमाडौंको सुन्दरीजलसम्म २७.५ किलोमिटर सुरुङ निर्माण गरेर सुन्दरीजलमा ल्याई काठमाडौं उपत्यकाका मानिसहरुलाई खानेपानी वितरण गर्ने सपना बाँड्न थालेको झण्डै २ दशक भइसक्यो तर प्रत्येक बर्षको दशैंमा मेलम्ची खानेपानी काठमाडौंमा वितरण गर्ने भनेर सरकार परिवर्तन हुने वित्तिकै आउने खानेपानी मन्त्रीहरुले दशैंमा आउँछ भनेर सपना बाँडेको धेरै भइसक्यो यो १६ वर्षको अन्तरालमा धेरैवटा खानेपानी मन्त्रीहरु पनि परिवर्तन भए तर काठमाडौं उपत्यकामा बसोबास गर्ने मानिसहरुले कहिल्यै मेलम्चीको पानी कस्तो हुन्छ शब्दमा मात्र सुनिराखेका छन् । दिनदिनै उपत्यकामा मानवीय जनघनत्व बृद्धिसँगै खानेपानी, सरसफाइमा भइरहेको चरम समस्याले उपत्यकावासीहरुलाई त सताइराखेकै छ । त् यो भन्दा पनि डरलागे समस्या खानेपानीको चरम अभावमा उपत्यकामा बसोबास गर्ने विपन्न परिवारहरु त मिसिएको पानी पिउन बाध्य छन् । जुन विषादी मिसिएको पानी पिउँदा त्यस फोहोर पानीबाट उत्पन्न हुने किटाणुहरुको कारण मानिसहरुमा विभिन्न प्रकारका रोगव्याधीहरु फैलन थालेका छन् । हुन त काठमाडौंमा झण्डै दुईदर्जनभन्दा बढी मिनरल वाटर अर्थात् पानी प्रशोधन केन्द्रहरु छन् जुन पानी किनेर खान सक्नेहरुले पनि जमिन मुनिबाट तानेर प्रशोधन गरेको पानी पिउँदा त्यति स्वास्थ्यवर्दक छैन । अर्को विपन्न परिवारहरुको त पानी किन्न सक्ने अवस्था नहुँदा जताजता जस्तो भेटाइन्छ त्यस्तै पानीको प्रयोग गरेर खानपिन र पिउँदा दिनानुदिन काठमाडौं उपत्यकाभित्र रोगव्याधीहरुले मानिसहरु ग्रस्त पारिरहेको छ । पानीको अभावमा फोहोर मैलाहरु सडकमा राम्रोसँग पखालिएका हुँदैनन् । त्यही फोहोरमैला धुलोको रुपमा उडेर मानिसको श्वाँसप्रस्वासद्वारा शरीरमा प्रवेश भएर विभिन्न रोग लाग्न थालेको स्वास्थ्यको अध्ययनहरुले पुष्टि गरिसकेका छन् ।
यस्तो चरम खानेपानीको समस्या उत्पन्न भई सक्दा पनि नेपालको सरसफाई तथा खानेपानी मन्त्रालयको काम गराई हेर्ने हो भने ढिलासुस्तीको परकाष्ठा नै देख्न सकिन्छ । पोहोर २०७४ को दशैंमा नै मेलम्ची खानेपानी काठमाडौं उपत्यकाबासीहरुलाई वितरण गर्ने भाषण गर्ने खानेपानी मन्त्री विना मगरले २०७५ को तिहार कटिसक्दा पनि उपत्यकाबासीहरुको गाग्रामा पानी वितरण गर्न नसक्नु जस्ता कारणे यतिबेला उपत्यकावासीहरुमा निराशा छाएको छ ।
मंसीर, पौषमा जाडोमा पानीको धेरै प्रयोग नहुने भएपनि अतिआवश्यक पर्ने थोरै पानीको लागि पनि हप्तादिनसम्म कुर्नुपर्ने बाध्यता त छँदैछ । अझ चैत्र र वैशाख जस्ता सुख्खा महिनामा खानेपानीको चरम अभाव र तनाव हुने हुँदा विशेष गरेर पानीको अभावमा सुत्केरी महिला, बिरामी, स–साना नानीहरु स्यहार सुसार गर्न कठिनाई हुने उपत्यकावासीहरु बेदना सुनाउँछन् ।
यस्ता समस्याहरुलाई बेलैमा ध्यान पु¥याएर छिटोभन्दा छिटो निर्माणका कामहरु रातदिन गरेर ३ सिफ्ट गरेर भएपनि देश र जनताको पक्षमा काम गर्नुपर्ने दायित्व सरकारको हो तर नेपालको विकास निर्माण छेपाराको कथाभन्दा फरक कत्ति पनि छैन । “छेपारोले राति सुत्दा जाडोमा भोलि त तिनतले घर ठड्याउँछु” भन्छ रे भोलिपल्ट उठेपछि पारिलो घाम लाग्छ विर्सन्छ फेरी राति जाडो हुन्छ तिनतले घर बनाउँछु भन्छ, भोलिपल्ट घाम लाग्छ विर्सन्छ । यस्तै छेपारोको कथा नबनोस् मेलम्ची खानेपानी आयोजना लगायत राष्ट्रिय गौरवका आयोजनाहरु ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend