logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

एनआइसी एसिया वैकको प्रमुख कार्यकारीमा न्यौपानेलाई नियुक्त


  • जन आकाश
  • आइतबार, मंसिर १६ २०७५

 



काठमाडौं।
एनआइसी एसिया बैंकले रोशनकुमार न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। बैंकको प्रमुख कार्यकारी अधिकृत पद ९ महिनादेखि रिक्त थियो।

लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कामु प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गरिरहेका थिए। त्यसअघि उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए।

न्यौपाने चार्टर्ड एकाउन्टेन्ट हुन्। न्यौपानेलाई आइतबार बसेको बैंक सञ्चालक समितिले आजैबाट लागू हुने गरी चार बर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।

उनले कुबेर एण्ड कम्पनी तथा पिएल श्रेष्ठ कम्पनीजस्ता चार्टर्ड एकाउन्टेन्ट फर्ममा काम गरिसकेका छन्। तत्कालिन बैंक अफ एसियामा समेत काम गरेका न्यौपानेको पालामा बैंकको वासलातको आकार २११ अर्ब रुपैयाँ पुगेको छ। बैंक अफ एसियामा उनले आन्तरिक लेखापरीक्षण विभाग प्रमुख भएर काम गरेका थिए। उनले प्रमुख जोखिम अधिकृत भएरसमेत काम गरेका थिए।

नव नियुक्त प्रमुख कार्यकारी न्यौपानेलाई संचालक समितिको कार्यकक्षमा आजै अध्यक्ष तुलसीराम अग्रवालले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्।

बैंकको देशैभरी २६८ वटा शाखा छन्। बैंकका २८० एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर १९ वटा शाखा रहित बैंकिङ इकाइ छन्। बैंकसँग १६९ अर्ब निक्षेप छ भने ऋण लगानी १४४ अर्ब रुपैयाँ छ। बैंकको ग्राहक संख्या १३ लाख ५० हजार नाघिसकेको छ।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत न्यौपानेले साना तथा मझौला क्षेत्रमा ऋण विस्तार गर्दै उत्पादनमूलक क्षेत्र लगानी गर्ने आफ्नो योजना सुनाए। उनले देशका सबै कुनाकाप्चामा पुगेर बैंकिङ सेवा उपलब्ध गराउन शाखा विस्तारलाई अझै बढाउने जानकारी दिएका छन् । जन आकाश मिडिया सग कुराकानी गदै न्यौपानेले नियुतिm आज भए पनि एन आइ सि एसिया वैकमा निरन्तर काम गदै आइरहेकोे थिए आजको निर्णय वाट झनै खुसि लागेको वताएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend