logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

राष्ट्रवादी बिष्टको प्रथम स्मृति दिवश सम्पन्न ।


  • जन आकाश
  • सोमबार, मंसिर १७ २०७५

स्वर्गीय पुर्व प्रधानमन्त्री कीर्तिनिधि बिष्टको प्रथम वार्षिक पुण्य तिथिको अवसरमा नेपाल कला परिषदले श्रद्धाञ्जली कार्यक्रम गरेको हो । कार्यक्रम नक्साल स्थित एक पार्टी प्यालेसमा गरिएको थियो ।
कार्यक्रममा नेपाल कला परिषदले नै प्रकाशनमा ल्याएको कीर्तिनिधि बिष्ट प्रखर राष्ट्रवादी नेता नामक पुस्तक पनि उद्घाटन गरिएको थियो । उद्घाटन प्रधानमन्त्री के पी शर्मा ओलीले गर्नु भएको थियो । मन्तब्य दिने क्रममा प्रधानमन्त्रीले नेपालको राष्ट्रियताको लागि स्वर्गीय बिष्टले दिनुभएको योगदानवाट हामीले पनि सिक्नुपर्छ भन्दै स्वर्गीय विष्टको स्मरण गरेका थिए ।
उतm कार्यक्रममा पुर्व प्रधानमन्त्री लोकेन्द्र बाहादुर चन्द लगायत विशिष्ट व्यातित्वहरु, साइत्यकार, कुटनीतिज्ञ, सवै क्षेत्रका मानिसहरुको उल्लेखिय मात्रमा उपस्थिति रहेको थियो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend