logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

जनता वैकले मुद्दती र बचतमा सर्बाधिक ब्याज दिने अफर ल्यायो ।


  • जन आकाश
  • मंगलबार, मंसिर १८ २०७५

 



समकालिन वित्तीय बजारलाई मध्येनजर गर्दै जनता वैकले ग्राहकहरुको हित संरक्षण हुने गरी निक्षेपमा दिइने ब्याजदर समायोजन गरेको छ । वैकले अव मुद्दती निक्षेपमा ग्राहकहरुले अहिले सम्मकै सर्बाधिक ब्याज पाउने वैकले जनाएको छ । मासिक ब्याज पाँउने गरी जनता मुद्दती निक्षेपमा वार्षिक १२% ब्याज दर कायम गरेको र यस मुद्दती योजनामा ग्रहकहरुले न्यूनतम रु. १ लाखमा ७५ दिन र सो भन्दा बढीको लागि मुद्दती खाता खोल्न सक्ने भन्दै योजना सार्वजानिक गरेको हो । योजना सिमित अबधिको लागि र ब्यक्तिगत निक्षेपमा लागु गरिएको वताएको हो ।
साथै बैंकले सम्पूर्ण बचत खाताको ब्याजदर बार्षिक ७% कायम हुने जनाएको छ ।
सार्वजानिक गरेको योजना २०७५ मंशिर १९ गते देखि लागु हुने जनाएको हो ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend