logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एन आई सी एशिया बैंक कोे शाखा ओखलढुङ्गाको कुन्तादेवीमा ।


  • जन आकाश
  • शुक्रबार, मंसिर २१ २०७५

 



एन आई सी एशिया बैंक लिमिटेडले ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवी पसल डाँँडामा आपm्नो विसौं शाखा रहित बैंकिङ्ग सेवा मंसिर २१ गतेबाट संचालनमा ल्याएको छ । उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन माननीय यज्ञराज सुनुवारले गर्नु भयो । उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा संजय खत्रीलाई बैंक द्वारा नियुक्त गरिएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधि मार्फत बैंकिङ्ग सेवा लिन सक्नुहुनेछ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमाभित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सकिनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend