logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मोडर्न होम बिल्डर्स को सेवा आराम्भ ।


  • जन आकाश
  • सोमबार, मंसिर २४ २०७५

निजी निवास बनाउने सोच राख्नेहरुका लागि लक्षित गरेर मोडर्न होम बिल्डर्स प्रा लि .ले . काठमाण्डौको आवाशीय घरहरु निर्माण गर्नुका साथै पुरानो घरहरु सबलीकरण गर्ने, घरको फिनिशिंग गर्ने तथा उचित परामर्श दिने काम पनि गर्नेछ. नेपालमा अहिले घर निर्माण गर्ने इच्क्षा भएको तर समय अभावले गर्दा निर्माण कार्य सुरु गर्न नसकेका व्यक्तिहरुलाइ यस कम्पनी सहयोगी हुनेछ. उच्च गुणस्तरको निर्माण सामग्री, दक्ष इन्जिनियर र कामदारहरु ले निर्माण कार्य गर्ने हुदा यस कम्पनिले निर्माण गरेका घरहरु गुणस्तरीय हुने कुरामा ढुक्क हुन यस कम्पनीका प्रबन्ध निर्देशक देव राज लामाले आग्रह गरेका छन् ।
बजारमा अहिले विविन्न निर्माण कम्पनीहरु रहे पनि गुणस्तरीय र विश्वसनीय ढंगमा काम नगर्ने हुदा निर्माण गरेका घरहरु कमसल हुने विभिन्न समस्याहरु आउनुका साथै समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण नगर्दा समस्या हुने गरेको छ. नेपालमा नाम चलेका हाउजिङ्ग कम्पनिहरुले समेत ग्राहक संग पैसा लिएर समयमा नै घर निर्माण सम्पन्न गरि हस्तान्तरण नगर्दा समय समयमा नकारात्मक समाचारहरु पत्रपत्रिकामा आउने गरेका छन् यस्तोमा मोर्डन होम बिल्डर्सले भने आफुले निर्माण गरेको घरहरु उच्च गुणस्तरको मात्र नभएर कम्पानी को मुख्य उदेस्य नै समयमा नै निर्माण सम्पन्न गरि हस्तान्तरण गर्नु रहेको कार्यक्रममा वताएको छ । . अहिले चलनचल्तीमा रहेको काम गर्ने तरिकालाई समेत परिमार्जन गरि स साना कुराहरुको सुक्ष्म अध्यन गरि संरचना निर्माण गर्ने र सो क्रम मा कोहि कसैलै बाधा अबरोध नहुने गरि काम गर्ने प्रतिबद्ता समेत कम्पनिले ब्यक्त गरेको छ. समय अभाव, कार्य व्यस्तता तथा अविश्वसनीय व्यक्ति आदि समस्याले घर बनाउने सपना थाँती राखेर बस्नुभएकाहरुलाइ अब त्यस्तो समस्या नहुने कुरा यस कम्पनिले जनाएको छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend