logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

सिक्किम अपडेटः आरबी सुब्बा र पवन चाम्लि· भिड्दै


  • जन आकाश
  • मंगलबार, पुष ३ २०७५

काठमाडौं । २०१९ को बिहानीसँगै सिक्किममा विधानसभाको निर्वाचन हुँदैछ । उक्त निर्वाचनमा सिक्किमको मुख्यमन्त्रीको लागि आरबी सुब्बा र पवन चाम्लिङ्ग चुनावी मैदानमा उत्रदैछन् । सिक्किममा २५ वर्ष सम्म निरन्तर एकछत्र राज गरेका पवन चाम्लिङ्गको प्रतिस्पर्धी थिएनन् । यो पटक भने आरबी सुब्बा जो विगतमा एसडीएफ पार्टीको स्थापनाकालमा उपाध्यक्षको हैसियतमा रहेर पटक पटक अत्याधिक मत ल्याई निर्वाचित हुँदै ३ पटकसम्म त मन्त्री भइसकेका व्यक्ति हुन् आरबी सुब्बा भने पवन चाम्लिङ्ग २५ वर्षसम्म ५ कार्यकाल मुख्यमन्त्री भएका व्यक्ति हुन् । हाल आरबी सुब्बा एसडीएफ पार्टी छोडेर ९ज्क्ए० हाम्रो सिक्किम पार्टीको अध्यक्षको हैसियतमा मुख्यमन्त्रीको पदमा चुनाव लड्दैछन् भने पवन चाम्लिङ्ग ९ज्म्ँ० पार्टीको अध्यक्षको हैसियतबाट चुनावी मैदानमा आउँदैछन् ।
सिक्किममा विगतभन्दा फरक माहोल
सिक्किममा विगतका विधानसभाहरुमा पवन चाम्लिङ्गले उम्मेदवारी दिएपछि अन्य कुनै पार्टीले पनि उम्मेदवारी दिँदैन थिए, दिइहाले पनि पछि फिर्ता लिने गर्दथे । यसपटक भने आरबी सुब्बा जो ९ज्क्ए० पार्टीबाट मुख्य मन्त्री नै जित्ने उद्घोष गरेर अगाडी बढिसकेका छन् भने पवन चाम्लिङ्गका गतिविधिहरु विगतको तुलनामा त्यति प्रभावकारी देखिएका छैनन् भन्छन् हाम्रा सिक्किम संवाददाताको रिपोर्ट अनुसार यसपटक पवन चाम्लिङ्ग निस्प्रभावी देखिनुमा पवन चाम्लिङ्गको सिक्किममा लोकतान्त्रिक पद्धतिको नाममा कम्युनिष्ट तानाशाही भन्दा पनि बढी क्रुर व्यवहारहरु जनतामा लादेर जनतालाई चिढाएको पछिल्लो रेकर्डले सिक्किमका जनता पवन चाम्लिङ्ग भन्दा आरबी सुब्बाप्रति बढी आकर्षित भएको देखिन्छ ।
भारतमा भइरहेको विधानसभामा विगतभन्दा यसपटक नतिजाहरु फरक फरक आइराखेको छ । सत्ताधारी भाजपालाई झड्का लागिरहेको अवस्थामा सिक्किमको विधान सभा पनि साशक पक्षधर ९क्म्ँ० लाई झड्का नलाग्न भन्न सकिँदैन । सिक्किमका जनताले नयाँ युगको शुरुवात गर्न प्रजातान्त्रिक व्यवस्थाको वास्तविक अभ्यास गर्न हाम्रो सिक्किमेली पार्टीलाई बढीभन्दा बढी रुचाएको देखिन्छ । यो धेरै समय कुर्नुपर्ने छैन । निर्वाचनको परिणामले छिटै सिक्किमको मूख्यमन्त्री निर्धारण गर्दैछ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend