logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

ज्योति विकास बैंक र सिदार्थ बिजनेस गु्रप बीच सम्झौता


  • जन आकाश
  • शुक्रबार, पुष ६ २०७५

 



ज्योति विकास बैंक लि. र सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिट्यालिटी प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ । बैंकले आपm्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । त्यस संस्था अन्तर्गत होटेल कैलाली सिद्घार्थ प्रा. लि., टिकापुर, कैलाली, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट प्रा. लि. र भ्यु होटेल सिद्घार्थ प्रा. लि., नेपालगन्ज, सिद्घार्थ रिसोर्ट प्रा. लि., चिसापानी, कैलाली, सिद्घार्थ रिभर साइड रिसोर्ट प्रा. लि., तुम्लिङ्गटार, चितवन, सिद्घार्थ कटेज रेस्टुरेन्ट, बुटवल, होटेल सिद्घार्थ, सुन्धारा, काठमाण्डौं, सिद्घार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा. लि., तिनकुने, काठमाण्डौं आदि गरि हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु संचालनमा छन् । सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्ुाशिल कुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेलले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको ATM Card देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् ।
हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको जनाएको छ हाम्रो बैक गावेपछि बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्ने पनि जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend