logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सुतार कार्की सेवा समितिमा रमेश कार्की चयन


  • जन आकाश
  • शुक्रबार, पुष ६ २०७५

काठमाडौं । सुतार कार्की सेवा समिति दोलखा जिल्लाको जिल्ला कार्य समितिको तेस्रो साधारणसभाले रमेश कुमार कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । २९ गते शनिबार चरिकोटको संगम होटलको हलमा गरेको तेस्रो साधारणसभाबाट सर्वसहमतिले रमेश कुमार कार्कीलाई अध्यक्षको लागि चयन गरेको हो । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बल बहादुर कार्की, उपाध्यक्ष कमला र उर्मिला कार्की, कोषाध्यक्षमा राजन कार्की,
सचिव बलराम कार्की, सदस्यहरुमा सुन्दर कार्की, जगतबहादुर कार्की नौ सदस्य कार्य समिति चयन गरेको छ ।
उक्त कार्यक्रमको प्रमुख अतिथि सुतार कार्की सेवा समितिका केन्द्रीय अध्यक्ष दिव्यध्वज कार्की थिए भने वरिष्ठ अतिथिमा टेकबहादुर कार्की, अतिथिहरुमा सुतार कार्की सेवा समिति सिन्धुपाल्चोक जिल्ला अध्यक्ष सोमबहादुर कार्की, ऋषि कार्की, हाम्रा जनआकाश साप्ताहिकका प्रधान सम्पादक मोहन कार्कीको आतिथ्यमा खुल्ला शत्र र बन्द शत्र दुई समूहमा कार्यक्रम विभाजन गरी सम्पन्न भएको थियो । कार्यक्रम सम्पन्न गराउन निवर्तमान अध्यक्ष उमेश कार्कीको नेतृत्वमा राम्रो व्यवस्थापन गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै विभिन्न व्यक्तित्वहरुले सुतार कार्कीको कुलदेवता र मौलिक पर्वका बारेमा प्रकाश पारेका थिए भने कस्यप र घृत कौशिका गोत्र सुतार कार्कीहरुले मान्दै आएको भएपनि तथ्यको आधारमा धित्रकौशीका गोत्र नै सुतार कार्कीको गोत्र भएको कार्यक्रममा जानकारी गराइएको थियो ।
जसमा सुतार कार्कीहरुले देवाली पूजा देशैभरी राष्ट्रिय पर्वको रुपमा गुप्त नवरात्र अषाढ शुक्ल अष्टमीमा एकैदिन मनाउनु पर्ने जानकारी दिएको थियो । कार्यक्रमलाई सफल बनाउन दोलखा जिल्लाका कुनाकुनामा रहेका सुतार कार्कीहरु विभिन्न अप्ठ्याराहरु झेल्दै पनि चरिकोटमा जम्मा भएका थिए । देशमा विभिन्न जातिहरु एकता भई आफ्नो मौलिक परम्परा, धर्म, संस्कृतिको संरक्षणमा लागेको बेला सुतार कार्कीहरुले पनि आफ्नो मौलिक संस्कृतिको जगेर्ना गर्नु स्वभाविक देखिन्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend