logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

कम्पनी रजिष्टार कार्यालय दुःख दिने अखडा


  • जन आकाश
  • मंगलबार, पुष १७ २०७५

काठमाडौं । नेपालमा सरकारी कार्यालय अगाडि म भ्रष्टाचार गर्दिन, म भ्रष्टाचार गर्न दिन्न भन्ने आदर्शका बोर्डहरु सबैले देखिने ठाउँहरुमा राखिएका छन् । त्यो सबैले हेर्छन्, पढ्छन् । तर तिनै कार्यालयभित्र भ्रष्टाचार कति हुन्छ, घुस नदिँदा कति दुःख पाउँछन् र एउटै कामको लागि दर्जनौ पटक धाउँदा समेत हुँदैन सबै प्रक्रिया पुगेको भएपनि यो मिलेन, त्यो मिलेन भनेर दिने हैरानीले सेवाग्राही आजित हुने गर्छन्, त्यसमध्ये अहिले त्यसको राम्रो उदाहरण बनेको छ । कम्पनी रजिष्टारको कार्यालय कम्पनीले रजिष्टारको कार्यालय त्रिपुरेश्वरमा पुग्ने सेवाग्राहीले पाइरहेको दुःख हैरानीले आजित भइरहेका छन् । कम्पनी रजिष्टर कार्यालयको सम्पूर्ण कामहरु अनलाइनबाट गर्ने भनिएको छ । तर कम्पनी रजिष्टर कार्यालयको सर्वर चलेन, सर्वरमा समस्या आयो भनेर सेवाग्राहीलाई फर्काउने गरिएको छ । तर कुनै विचौलिया मार्फत कर्मचारीवीचमा संकेतिक भाषामा भन्यो भने चाहिँ फटाफट काम गरेको देखिन्छ । यदी सेटिङ्गमा नजाने सेवाग्राहीको कहिल्यै कामनै हुँदैन । यसको भुक्तभोगी स्वयम् म जन आकाश मिडिया प्रा.लि.को सञ्चालक कम्पनी अद्यावधिक गर्न जन आकाश मिडिया प्रा.लि.को युजर नेमबाट फाइल अपलोड गर्न खोज्दा पासवर्ड नमिलेर इन्करेक्ट भनेर भन्यो र त्यसपछि फरगेट पासवर्ड गर्दा केही पनि देखाउँदैन यस्तो समस्या एकहप्तादेखि भइराख्यो र कम्पनी रजिष्टार कार्यालय पुगेर जे अल्फाबेटबाट हेर्न डेक्समा पुगे त्यहाँ फाटवाला कर्मचारी कृष्ण प्रसाद पौडेल रहेछन् उनलार्य मेरो समस्या राखे । सोध्दा आइटी विभागमा जानु भने आइटी विभाग पुगे आइटी विभागले एउटा फरम्याट दियो त्यो फरम्याटमा भएको प्रक्रिया त १० दिन अगाडिदेखि मैले प्रयास गर्दै आए तर भएन र पो त तपाइहरुकोमा आएको भने तर ती कर्मचारीले उत्तर दिँदै भने ‘भरे बेलुका सम्म चल्छ । मैले सोमबार बेलुका फेरी पुनः प्रयास गरे फेरी पनि Jana.news2065@gmail खोलेर पासवर्ड हाने, फेरी इनकरेट पासवर्ड भन्यो । पुनः मंगलबार कम्पनी रजिष्टार कार्यालय त्रिपुरेश्रमा पुगे, त्यहाँ पुग्दा पुनः सोधपूछमा पुगेर मेरो यस्तो समस्या भयो भनेपछि त्यहाँबाट पुनः आइटी विभागमा जान भनियो आइटी बिभागमा जाँदा मैले आफ्नो समस्या बताए फेरी आइटीका कर्मचारीले फेरी हिजो जस्तो जवाफ दिए त्यस्तै दोहो¥याए सर्वरले काम गरेको छैन ।
मेरै अगाडि एकजना विचौलियाले त्यस्तै समस्या लिएर आयो र तीनवटा फाइलको तीनवटा युजरनेम र पासवर्ड लेखिएको थियो । त्यो काम मेरै अगाडि फटाफट ती कर्मचारीले गरे तर मैले मेरो पनि यो समस्याको हल गरिदिनुसन पुनः आग्रह गरे तर उनले थाहा नपाको जसरी टार्दै सर्वरले काम गरेको छैन भन्दै पन्छाए त्यसपछि म त्यहाँ कम्पनी रजिष्टार कार्यालय प्रमुखलाई भेट्नु प¥यो भनेर उनको कार्यकक्ष खोज्दै पहिलो तलामा चढे त्यहाँ उपसचिव भूवन दाहाल लेखिएको बोर्ड थियो र नेमप्लेटमा बाहिर लेखिएको थियो । त्यहाँ भुवन दाहालालई नभेटेपछि भित्र रहेकी एकजना महिला कर्मचारीलाई सोधे भूवन सर हुनुहुन्छ उनले जवाफ इिन सर मिटिङमा जानु भएको छ । कहाँ यहाँ कि बाहिर खोई मिटिङ्ग भनेर निस्कनु भएको थियो । यस्तो जवाफ आएपछि म फर्कनुको बाहेक विकल्प भएन ।
म जस्तो एकजना मिडियाकर्मीलाई समेत यसरी दुःख दिइन्छ भने अन्य सामान्य नागरिकलाई झन कुन हालत होला आम नागरिकले बुझ्ने कुरा हो । सेवाग्राही माथि यस्तो व्यहार देखाउने कम्पनी रजिष्टर कार्यालय दुःख दिने अखडा नभएर के हो त ?



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend