जन आकाश
निर्मित काउसो चलचित्र बजारमा आउने तयारी गर्दै गर्दा नायक सन्नी भट्टराइ सँग श्रवण कुमार घिमिरेको केहि रमाइलो कुराकानी:

तपाइले चलचित्र यात्रा कसरी सुरु गर्नु भयो ?
सानै देखी मलाई चलचित्र र कलाकारिता धेरै नै मन पर्ने र यो मेरो चासो को विषय भएको भएर म चलचित्रमा प्रवेश गरे, पहिले म चलचित्रलाई दिमाखले कल्पन्थे भने अहिले मन देखी नै यस्मा लागिरहेको छु ।
चलचित्रमा लाग्दै गर्दाका चुनौती, अनुभव कस्तो रहयो ?
एक त कुनै पनि कार्य सोचे जस्तो सजिलो छैन तसर्थ चलचित्रमा लाग्दा सुरुमा क्यामेराको अगाडी नर्भस हुने सोचे जस्तो नहुने हुन्थ्यो तर अनुभव कै कुरा गर्दा बिस्तारै यि सबै कुरामा पोख्त भइ अहिले काम गर्न निकै सजिलो छ तर पनि कहिले काही कुनै न कुनै कुरा मा चुनौती थपिनु त सामान्य नै हो ।
यो सुरुवात हैन र यो अन्त्य पनी हैन, तर यो सुरुवातको अन्त्य भने पक्कै हो ।
हालसाल निर्मित काउसो चलचित्रमा अभिनय गर्नुभयो काउसो चलचित्रको विशेषता के हो ?
यो चलचित्र खास त कमेडी प्याट्रन्को हो र हामिले दर्शकलाई हसाउदै केहि सकारात्मक शन्देश दिने जमर्को गरेका छौ ।

शुटिङ युनिट
हाल नेपाली चलचित्रमा नाफा कमाउन त कुरै छाडौँ लगानी उठाउन नि गाह्रो छ तपाइ काउसो प्रती कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामिले यो चलचित्रलाई अहिलेनै व्यापारको हिसाबले हेरेका छैनौ तर दर्शकको मनमा भने पक्कै बस्ने छौ यदी लगानी नै उठेन भने पनि हाम्रो चलचित्रले दर्शक रमाउनु हुनेछ र एति राम्रो चलचित्र बनेको छ लगानी उठ्ने आत्मा विश्वास पनि छ ।
नेपाली चलचित्रको विषयमा तपाईंको धारणा के छ ?
हामिले नेपाली चलचित्रलाई माया गर्नु पर्छ कुनै विकृती छ भने हटाएर दर्शकको भावना र सोचलाई बुझेर नेपाली चलचित्रको विकास गरिनु पर्छ । नेपाली चलचित्र राम्रो भए धेरै सकारात्मक सन्देश दिइ देशलाई नै सहयोग गर्न सकिन्छ ।
अन्त्यमा ?
तेस्तो त खासै केहि छैन काउसो चलचित्र हेरेर हामिलाई साथ दिनु होला ।

© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend