जन आकाश
काठमाडौं पौष २३, २०७५ । सन्राइज बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स
सम्बन्धि सम्झौता भएको छ ।
सन्राइज बैंक लिमिटेडको प्रधान कार्यालयमा सन्राइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज
बज्रचार्य र गुराँस लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले
बैंकास्योरेन्स सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।
गा्रहकहरुले सन्राइज बैंकका देशभरिका शाखाबाट गुराँस लाइफ इन्स्योरेन्समा जीवन बीमा गर्नुका
साथै प्रिमियम भुक्तानी, दाबी भुक्तानी लगायत सबै सेवा प्राप्त गर्न सक्नुहुनेछ । यो सम्झौताले जीवन
बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरुलाई थप सुविधा प्राप्त हुनेमा बैंक विश्वस्त छ
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend