जन आकाश
काठमाडौं । मनिकेयर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७औं बार्षिक साधारणसभाको कार्यक्रमा प्रमुख अतिथि समेत रहेका पूर्व अर्थमन्त्री तथा नेकपाका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अवको विश्व चौथो औद्योगिक व्यवस्थाका निम्ति विश्वका राष्ट्रहरु प्रतिस्पर्धा गरिरहेको र नेपालका सानादेखि ठुला वित्तिय संस्थाहरुले नेपालको उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिनुभएको थियो । त्यसैगरी शुभकामना दिने क्रममा पूर्वमन्त्री तथा नेकपा (माले)का स्थायी कमिटी सदस्य कुमार बेलवासेले सहकारीले साना उद्यमहरुलाई सहजीकरण गरेको धारणा राख्नुभएको थियो ।
अर्का वक्ता भक्तपुर पूर्वसहकारी डिभिजन कार्यालयका पूर्व प्रमुख हरि वशिष्ठले सहकारीको उदय, यसको प्रयोग र नेपालमा पहिलो पटक चितवनमा खुलेको बखान सहकारी संस्थाको उदाहरण दिँदै सहकारीका नियम ऐन कानूनको बारेमा समेत जानकारीमूलक प्रस्तुती दिनुभएको थियो । कार्यक्रमलाई रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीका प्रतिनिधिले जीवन विमा र मनी केयरको सहकार्यको सुविधाहरुको बारेमा धारणा राख्नु भएको थियो । मनिकेयर बचत तथा ऋण सहकारीका अध्यक्ष बसन्त पाण्डेले बार्षिक प्रतिवेदन
पढेर सुनाउनु भएको थियो । बार्षिक प्रतिवेदनमा उल्लेखित महत्वपूर्ण योजनाहरु सुनाउनु भएको थियो । जसमा मुलुक आर्थिक समृद्धिको योजनामा सहयोग पु¥याउने देखि नमुना सहकारीको रुपमा विकास गर्ने, महिला, श्रमिक, युवा, उत्पादकलाई लघु उद्यमी, कृषि समूह, साना व्यवसायी समूह लगायतलाई समेटेर आ.ब.मा ७५ लाख पूँजी थप गर्ने उल्लेख गर्नुभएको थियो ।
त्यसैगरी ५ वर्षे रणनीतिक योजना पूरा गर्न बुँदागत उद्देश्यहरुसमेत प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रमस्थल बाहिर हेल्पिङ हेल्थ पोलिक्लिनिकले निःशुल्क स्वास्थ्य परीक्षण, प्रेसर, सुगर, रगत जाँच गर्ने शिविर राखेको थियो भने मेलम्ची राइसमिलले उत्पादन गरेको चामलदेखि नेपालको विभिन्न क्षेत्रमा अर्गानिक मौलिक उत्पादनका खाद्य वस्तुहरुको स्टल समेट मनिकेयरको साधारणसभाको अवसवरमा राखिएको थियो । हेर्दा लाग्थ्यो नेपालीहरुले पनि आफ्नै पौरखमा, आफ्नै देशमा आफ्नै उत्पादन गरेर राष्ट्रको लागि आर्थिक लाभ लिन सक्छन् भन्ने उदाहरण पेश गर्न नमुना बनेको थियो । मनिकेयर बचत तथा ऋण सहकारी संस्थाको काम गर्ने तरिका र सेयरधनीहरुमा दिनुपर्ने सुविधा पर्याप्त देख्न सकिन्थ्यो ।
कार्यक्रमको संयोजन गर्न सक्षम भूमिका निर्वाह गर्नुभएका मनि केयर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बसन्त पाण्डेले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । कार्यक्रमलाई समापन गर्नुभन्दा अगाडि सबै शेयरधनी, प्रमुख अतिथि, अतिथि, सञ्चारकर्मी, विभिन्न क्षेत्रबाट आउनु भएका आमन्त्रित व्यक्तित्वहरुलाई धन्यवाद दिँदै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभएको थियो । मनिकेयर बचत तथा ऋण सहकारी संस्थाको कार्यालय मैतीदेवी चोकभन्दा ५० मिटर पिपलबोटतर्फ रहेको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend