जन आकाश
पौष २७, २०७५ । सन्राइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय ईटहरी , प्रदेश नं २ को लाहान , प्रदेश नं ४ को पोखरा , प्रदेश नं ५ को बुटवल , प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को अत्तरियामा आफ्ना प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ । प्रादेशिक कार्यालयहरुले आफ्नो मातहतमा रहेका शाखाहरुको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ्ग सेवा, संस्थागत सुशासन, साथै व्यापार विस्तारका कार्यहरु छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्नेछ ।
उक्त प्रादेशिक कार्यालयहरुको सामुहिक समुद्घाटन बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगड, संचालक ई.बच्छराज तातेड, संचालक ज्योति कुमार बेगानी, संचालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा उदघाटन गरेका थिए । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्धेश्यले बैंकले १०२ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर, ११४ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको वैकले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend