logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

कामना सेवा विकास बैंकको ६३ औं शाखो गोंगबुमा


  • जन आकाश
  • मंगलबार, माघ १ २०७५

 



कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा टोखा नगरपालिकाको गोंगबुमा यही पौष २९ गते ६३ औं शाखा कार्यालय स्थापना गरि कारोबार शूभारम्भ गरेको छ । बैंकका संचालक द्वय देव कृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी तथा कामु. प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुत्त रुपमा कारोबार शुभारम्भ गर्नुभएको थियो । शुभारम्भ कार्यक्रम कामु. प्रमुख कार्यकारी अधिकृतले बैंकले प्रदेश नं १ र २ का विभिन्न शहर तथा ग्रामिण इलाकामा गरि १९ वटा र काठमाडौं उपत्यकामा थप ३ वटा ठाउँमा गरि कुल २२ वटा शाखाको निर्माण कार्य भईरहेको र अन्य Ôेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन भईरहेकोे बताउनु भयो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा ब्त्ः मार्फत गा्रहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend