जन आकाश
एन आई सी एशिया बंैक लिमिटेडले चालु आ.व. २०७५÷७६ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण मिति २०७५ माघ २ गते सार्वजानिक गरेको छ । उक्त वित्तीय विवरणका परिसूचकहरु अत्यन्त उत्साहजनक रहेको जनाएको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक सम्म वार्षिक विन्दुगत आधारमा १७२ प्रतिशत (रु. १ अर्ब ३५ करोड) ले वृद्धि गरी रु. २ अर्ब १४ करोडको सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको छ त्यस्तै गरी खुद मुनाफा तर्फ वार्षिक विन्दुगत आधारमा १६४ प्रतिशत (रु. ९४ करोड) को वृद्धि सहित रु. १ अर्ब ५१ करोडको खुद मुनाफा आर्जन गर्न सफल भएको । गत वर्षको सोही अवधिको खुद मुनाफा रु. ५७.१८ करोड रहेको थियो ।
बंैकले वार्षिक विन्दुगत आधारमा ५३ प्रतिशत (रु. ७४ अर्ब) को वृद्धि गरी वासालातको आकार रु. २१४ अर्ब पु¥याउन सफल भएको छ । जस अन्तर्गत कर्जा तर्फ वार्षिक विन्दुगत आधारमा ४८ प्रतिशत (रु. ४८ अर्ब) को वृद्धि गरी रु. १४९.३ अर्ब र निक्षेप संकलन तर्फ वार्षिक विन्दुगत आधारमा ४६ प्रतिशत (रु. ५५ अर्र्ब) को वृद्धि गरी रु. १७५.७६ अर्ब पु¥याउन सफल भएको जानकारी दिएको छ । उक्त वृद्धि नेपाली नीजि बंैकिङ्ग क्षेत्रमा वार्षिक विन्दुगत आधारमा हासिल गरेको वृद्धिका हिसाबले हाल सम्मकै उच्च वृद्धि हो भनि वैकले सर्वजानिक प्रेस वक्तव्यमा उल्लेख छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend