जन आकाश
प्रभु बैंकलि. ले अंग्रेजी नया ँवर्ष २०१९ को अवसर पारेर आप्mना ग्राहकहरुको लागि एद्यी ःPBL Mastercard सञ्चालनमा ल्याएको छ । मिति २०७५ पौष २६ गतेकादिन काठमाण्डौस्थित सोल्टी होटेलमा आयोजित एक समारोहमा एद्यी ःPBL Mastercard को औपचारिक शुभारम्भ गरी सञ्चालनमा ल्याईएको हो । Digital Payment क्षेत्रमा ख्याति प्राप्त अन्तर्राष्ट्रियस्तरको कार्ड कम्पनी ःMastercard र नेपालस्थित प्रभु बैंक लि. को साझेदारीमा EMV chip based PBL Mastercard सञ्चालनमा ल्याईएको हो ।
एद्यी PBL Mastercard को औपचारिक शुभारम्भ समारोहमा प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष देविप्रकाशभट्टचनको अध्यक्षतामाभएको थियो । उक्त समारोहमा उपस्थित महानुभावहरुलाई प्रभु बैंक लि. का प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले स्वागत मन्तव्य राख्नु हुँदै प्रभु बैंकले Mastercard सँगको साझेदारीमा यो कार्ड सेवा सञ्चालन माल्याएको तथा यस कार्डबाट प्रभु बैंकका ग्राहकहरुले सुरक्षित र सरल तरिकाबाट बैंकिङ्गकारोबार गर्न सक्नेबताउनुभयो । उक्तअवसरमा मास्टर कार्ड दक्षिण एशिया डिभिजन प्रमुख पोरुस सिंहले प्रभु बैंकसँगको साझेदारीमा नेपालमा EMV chip basedPBL Mastercard सेवाविस्तार गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो ।PBL Mastercard को औपचारिक शुभारम्भ कार्यक्रमको समापन गर्दै प्रभु बैंक लि. का सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका अध्यक्ष देवि प्रकाश भट्टचनले अन्तर्राष्ट्रिय सञ्जाल रहेको ःMastercard मुख्य एजेण्टको रुपमा रहेको प्रभु बैंकले भविष्यमा थप सहायक एजेण्टहरु नियुक्त गर्दै जाने योजना रहेको बताउनु भयो । यसबाट प्रभु बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै दुवै कम्पनीले व्यवसायिक सफलता हासिल गर्ने बताउनुभयो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend