logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

एग्रीटेक एक्स्पोको उद्घाटन पूर्वप्रधानमन्त्री प्रचण्डले गर्ने


  • जन आकाश
  • मंगलबार, माघ ८ २०७५

डिलकुमारि नेपाल
,माघ ८ चितवन । मिडिया स्पेस सोलुसन र फ्याचक्र्स ट्रेड फेयर एण्ड इभेन्ट्स इण्डियाले चितवनको भरतपुरमा आयोजना गर्न लागेको नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पोको उद्घाटन शुक्रबार एक समारोहबीच नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्राण्डले गर्नु हुने भएको छ । एक्स्पो आयोजकले मंगलबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी एक्स्पोको उद्घाटन पूर्वप्रधानमन्त्री प्रचण्डबाट हुने जानकारी दिएका हुन् । तीन दिनसम्म चल्ने एक्स्पो भरतपुरस्थित चितवन एक्स्पो सेण्टरमा हुन लागेको हो ।



एक्स्पोमा नेपाल, भारत, चीन, बंगलादेश, मलेसिया लगायत १५ वटा देशको सहभागिता रहने मिडिया स्पेसका प्रबन्ध निर्देशक श्रीजल भट्टराईले जानकारी दिनुभयो । एक्स्पोमा पशुपक्षीपालन, डेरी, कृषिका नवीनतम औजार, उपकरण र प्रविधिबारे प्रदर्शनी हुने आयोजकको भनाइ छ । कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पु¥याउने एवं नवीनतम प्रविधि र सेवाबारे जानकारी दिने उद्देश्यले आयोजित एक्स्पो अवलोकन निःशुल्क गरिएको छ । एक्स्पोमा स्वदेश र विदेशका एक सय ५० भन्दा बढी स्टल रहने बताइएको छ ।

एक्स्पोको सहआयोजकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र विशेष सहयोगीमा चितवन उद्योग संघ रहेका छन् । सहयोगी संस्थाहरुमा नेपाल पोल्ट्री महासंघ, अखिल नेपाल किसान महासंघ, राष्ट्रिय कृषक समूह महासंघ, नेपाल कृषि सहकारी केन्द्रीय संघ रहेका छन् । पत्रकार सम्मेलनमा भने आयोजक संस्था र विशेष सहयोगी संस्थाका प्रतिनिधिमात्र उपस्थित थिए । सहआयोजकका तर्फबाट कोही उपस्थित थिएनन् ।

पत्रकार सम्मेलनमा एक्स्पोको विशेष सहयोगी संस्था चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, वरिष्ठ उपाध्यक्ष राजु पौडेल, नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष राधेश्याम खतिवडा लगायतले मन्तव्य व्यक्त गरेका थिए । मुलुकको समृद्धिका लागि कृषि उत्पादन बढाएर उत्पादनमा आधारित उद्योग संचालन गर्नु पर्ने उनीहरुको भनाइ थियो । एक्स्पोमा आम्दानी र खर्च एक करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend