logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

“मुक्तिनाथ विकास बैंक ललितपुरको कुपण्डोलमा”


  • जन आकाश
  • आइतबार, माघ १३ २०७५

 



मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा ललितपुरको, कुपण्डोलमा १० गते बाट औपचारीक सेवा शुभारम्भ गरेको छ ।

ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखा कार्यालयको समुद्घाटन गर्नुभयो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि महर्जनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिनु भयो । मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ प्रदान गर्नु उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले स्वागत र यस विकास बैंकका ब्रान्ड एम्बेसडर सीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लव का अध्यक्ष राजीव राज पौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । यस विकास बैंकले लिएको समावेशी वित्तीय पहुँच विस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसाय विस्तारमा जोड दिने बताउनु भयो । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

उद्घाटन समारोहका सभाध्यक्ष तथा संचालक समितिका सदस्य गजेन्द्र मान श्रेष्ठले सदैव गुणस्तरीय सेवा प्रदान गर्दै अगाडी बढ्ने र विभिन्न वित्तीय तथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुक्तिनाथ विकास बैंकको हाल सम्म काठमाण्डौ उपत्यका भित्र कुपण्डोल लगायत महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँ बानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु संचालनमा आई सकेका छन् भने, इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमा सेवा सञ्चालनको तयारीमा रहेको वैकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend