logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेकपा मालेले ग¥यो सहिदको सम्झना


  • जन आकाश
  • बुधबार, माघ १६ २०७५

 



नेकपा मालेले सहिदहरुको सम्झना गदै आज प्रेस–विज्ञप्ति जारी गरेको छ । उतm अवसरमा पार्टीको स्थाइ कमिटीले गरेका निर्णयहरु समेत सार्वजानिक गरेको छ । प्रेस–विज्ञप्तिमा भनिएको छ ।

नेकपा (माले) को स्थायी कमिटीको बैठक २०७५ माघ १५ गते महासचिव
क.सी.पी. मैनालीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, काठमाण्डौ बस्यो । बैठकले लिएका केही समसामयिक निर्णयहरूलाई सार्वजनिक गर्न यो पे्रस विज्ञप्ति जारी गरिएको छ ।
१. बैठकले प्रातस्मरण्ीय बीर शहिदहरूप्रति श्रद्घासुमन अर्पण गरेको छ ।
२. बैठकले चिकित्सा शिक्षा विधेयक पारित गराउने सिलसिलामा सरकारले देखाएको असहिष्णु एवम् शासकीय मर्यादा विपरितको निरंकुश व्यवहारको यो बैठक तिब्र आलोचना गर्दछ । यस्ता व्यवहारहरू नजीर बनेर जाने हो भने तेश्रो राजनीतिक क्रान्ती पछि पनि हाम्रो अगाडी प्राप्त उपलब्धीहरूको रक्षा गर्ने चुनौति उभिन सक्छ । तसर्थ यो बैठक सत्ता पक्ष र बिपक्षलाई आगामी दिनमा संयमतापूर्वक लोकतान्त्रीक आचरण र व्यवहार अपनाउदै अघि बढ्न ध्यानाकर्षण गराउँछ ।
३. चिकित्सा शिक्षा विधेयकमा आफ्नो १५औं आमरण अनशनको सिलसिलामा सरकारसंग भएको सम्झौतालाई नसमेटेको भनेर १६औं आमरण अनशनमा रहेका डा.गोविन्द के.सी.का मागहरूलाई संबोधन गर्न अबिलम्ब एउटा वार्ता समिति गठन गरीयोस् भनी यो बैठक सरकार समक्ष जोडदार माग गर्दछ ।
४. हालै दक्षिण अमेरिकी मुुलुक भेनेजुयलामा जननिर्वाचित सरकार बिरुद्घ भएको षडयन्त्रकारी बिद्रोहको यो बैठक निन्दा र भ्रत्र्सना गर्दछ । त्यहाँका राष्ट्रपति निकोलस मदुरोको बिरुद्घ बिपक्षी नेता जुवान गुआइदोलाई आफ्नो बुख्याँचाको रुपमा स्थापित गर्ने अमेरिकी नेतृत्वमा विश्व साम्राज्यवादीहरूको षडयन्त्रकारी कुकृत्यको यो बैठक कडा बिरोध गर्दछ । यो स्वतन्त्र तथा सार्वभौमसत्ता सम्पन्न मुलुकमाथि साम्राज्यवादी ठाडो हस्तक्षेप भएको हुँदा विश्वसाम्राज्यवाद बिरोधी तथा स्वतन्त्रता पक्षधर सबै शक्तिहरू एकजुट भएर उक्त साम्राज्यवादी षडयन्त्रलाई परास्त गर्न नेकपा (माले) आह्वान गर्दछ ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend