जन आकाश
राजधानीको भृकुटीमण्डपमा सुज ग्यालरीको पहिलो शोरुम सञ्चालनमा आएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठ वाट शोरुमको औपचारीक उद्घाटन भएको हो । नेपालका ख्यातीप्राप्त नेपाली ब्राण्डका जुत्ता तथा चप्पलहरुलाई प्राथमीकतामा राख्दै एउटै स्थानवाट ग्राहक समक्ष पुर्याउनका लागि सुज ग्यालरीको स्थापना भएको कम्पनीले जनाएको छ ।
उक्त उद्धघाटन समारोहमा बोल्दै प्रमुख अतिथी राजेश काजी श्रेष्ठले भन्नुभयो, “ नेपाली जुत्ताको गुणस्तरसँगै प्रतिस्पर्धा समेत बढिरहेको समयमा यसरी धेरै व्यवसायी साथीहरु एकै स्थानमा मिलेर ग्राहकको सुबिधाको लागी यस्तो शोरुम खोल्नु भएको छ , यसले व्यावसायीकरुपमा समेत राम्रो सन्देश प्रदान गरेको छ ।” उहाँले यस्तो शोरुमहरु देशका बिभिन्न स्थानमा खोल्न सुभकामना तथा सुझाव दिनुभएको थियो ।
उक्त समारोहमा बोल्ने क्रममा सुज ग्यालरीका अध्यक्ष भिमलाल गौतमले भन्नुभयो,“ आन्तरकि रुपमा हामी बिच प्रतिस्पर्धा रहेतापनि ग्राहकले एकै स्थानमा बिभिन्न ब्राण्डका नेपाली जुत्ताहरु आफ्नो रोजाइ अनुसार खरिद गर्ने मध्यस्तकर्ताको रुपमा हामी आएका हौं । ग्राहकहरुको सुबिधाको लागी निकट भबिस्यमा सुज ग्यालरीको शोरुमहरु काठमाडौं बाहिरका बिभिन्न स्थानहरुमा खोल्ने योजना रहेको छ ।”
नेपाली जुत्ता तथा चप्पल लाई स्वदेशमै पर्वद्धन तथा बजारीकरण गर्नका लागि सुज ग्यालरीले विभिन्न नेपाली ब्राण्डहरु बि.एफ.डियर हिल, क्रसरोड, कोशेली, म्याजीक, रोयल सुज, रन सुजलगायतका प्रतिष्ठित ब्राण्डहरु एकै छानामुनीे विक्रि तथा वितरण गर्नेछ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend