जन आकाश
“जनता बैंकमा होइन, बैक जनतामा जानुपर्दछ ” मुल नाराका साथ आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जालहरु विस्तार गर्ने क्रममा भक्तपुर जिल्लाको ठिमी र काभ्रेपलाञ्चोक जिल्लाको बनेपामा औपचारिक रुपमा शाखा कार्यालय विस्तार गरेको छ ।
ठिमी शाखाको सम
“
ुद्घाटन नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल तथा बनेपा शाखाको समुद्घाटन बनेपा नगरपालिकाका मेयर लक्ष्मी नरसिंह वादे श्रेष्ठले गर्नु भएको थियो । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथिहरुले बैंकको प्रगतिको कामना गर्नुहुँदै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गर्नु भएको थियो ।
शाखा कार्यालय ठिमीको समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि कडेलले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका साथै ठूला ठूला उद्योगपतिहरुलाई पनि सहज र सरल सेवा प्रदान गर्दै अगाडि बढ्नु पर्ने बताउँदै यस क्षेत्रका जनतालाई सरल, सुलभ र ग्राहकमुखी सेवा प्रदान गर्नु पर्नेमा जोड गर्नु हुँदै बैकको उत्तरोउत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
शाखा कार्यालय बनेपाको समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि श्रेष्ठले मुक्तिनाथ विकासको सेवा उल्लेखनीय रहेको तथा आगामी दिनमा बैंकले स्थानीय संघसस्थाहरुसंग समन्वय गरी अझ गुणस्तरीय सेवा प्रदान गर्दै सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गर्नु भयो ।
समुद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत, बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत, स्थानीय समाजसेवी तथा भद्रभलाद्मीहरुले बैंकको सफलताको शुभकामना मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रमका सभापति तथा बैंकका सञ्चालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराउनु भएको थियो । सो क्रममा उहाँले विकास निर्माणका कार्यहरुमा यस बैंकले दिनुपर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताउनु भयो । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीय निकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend