logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

मुक्तिनाथ विकास बैंकको २ ४५ आंै वित्तीय साक्षरता विरगंज,पर्सामा


  • जन आकाश
  • सोमबार, फाल्गुन २७ २०७५

मुक्तिनाथ विकास बैंक लिमिटेडले २७ गते“आजको आवश्यकता,विद्यार्थीहरुमा वित्तीय साक्षरता”भन्ने मूलआशयले विरगंज क्याम्पस, विरगंज महानगरपालिका, ११ पर्सामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वित्तीय साक्षरता कार्यक्रममा वित्तीय कारोबार बारे चेतना जगाउने, विद्यार्थीहरुको भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादन मूलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्युनिकरणको लागि बीमाको प्रयोग,सफानोट सभ्यताको प्रतिक, बैंक तथा वित्तीय संस्थाहरुको प्रकार लगायतको विषयमा वित्तीय चेतनाको अभिबृद्धि गराउने यस कार्यक्रमको मुख्य उद्देश्य रहेको थियो । विद्यार्थीहरुको समेत आय र व्ययको लेखाजोखा गरी कसरी फजुलखर्च कमगर्न सकिन्छ ?भन्ने पनि कार्यक्रमको विषय वस्तुमा समावेश गरिएको थियो । कार्यक्रममा १०० जना विद्यार्थीहरुको सहभागीता रहेको थियो । हालसम्म बैंकले सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रममा ४५,३८० स्थानीय तथा विद्यार्थी सहभागी भैसकेका छन् ।
उक्त कार्यक्रममा प्रमुख अतिथि प्रार्चाय विनोद कुमार गुप्ता रहनुभएको थियो । उपस्थित अथितिहरुले मुक्तिनाथ विकास बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम मार्फत विद्यार्थीहरुमा जुन वित्तीय चेतना र वित्तीय ज्ञानमा अभिबृद्धि गर्ने प्रयास प्रशंसा योग्य रहेको साथै कार्यक्रम अति महत्वपूर्ण रहेको धारणा व्यक्त गरेका छन् ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend