जन आकाश
जनता बैंक नेपाल लिमिटेडको आज धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटिएम सेवा सुरु भएको छ । यो बैंकको ९४औं एटिएम साखा हो । आज एक समारोहका बिच धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुखकार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रील ेसंयुक्त रुपमा एटिएम सेवाको सुमुद्घाटन गर्नुभयो । यस क्षेत्रका ग्राहकहरुलाई नगद कारोवारमा यस एटिएम सेवाले सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिइएको छ ।
यो सगै बंैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेकाछन् । बैंकले आगामी दिनमा आफ्नो शाखा संजाल बिस्तार गर्दै देश भरी अझ सशक्त उपस्थिति जनाउने योजना रहेको जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend