logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सिकेको नाममा को–को बिके ?


  • जन आकाश
  • मंगलबार, फाल्गुन २८ २०७५

OLYMPUS DIGITAL CAMERA

विखण्डनकारीसँग सरकारको साँठगाँठ ।
स्वतन्त्र मधेश भन्नेलाई तक्मा
राष्ट्रिय अखण्डताका पक्षधरहरुलाई जेलमा
सिके राउत नामको भूतले नेपाली समाजलाई नराम्रोसँग तर्साएको छ । स्वतन्त्र मधेश भन्दै छुट्टै राज्यको माग गर्दै कहिल्य अनशन बस्ने कहिल्य तराइका जिल्लामा अराजक गतिविधि गर्दै नेपालीहरुको सद्भाव र एकतालाई भड्काएर राष्ट्रिय अस्तित्वमाथि नै खलल पु¥याएर नेपाल राष्ट्रलाई टुक्र्याउने दुस्वप्न देख्ने विखण्डनकारी सिके राउतले तराइका जनतालाई दुःख त दिनुसम्म दिएकै थियो । त्यो भन्दा बढी दुःख दिने नियत राखेर सरकारसँग ११ बुँदे वार्ताको नाटक मञ्चन गरी जेलबाट मुक्त हुने उपाय अपनाए र जेलबाट छुटे लगत्तै नेपालको जनकपुर पुगेर पुनः उही विखण्डनकारी रवैया अपनाएका छन् ।
सिके राउतले नेपाल सरकारसँग गरेको ११ बुँदेमा नेपालको राष्ट्रिय एकता र भौगोलिक अखण्डतामा प्रतिबद्धता जनाउँदै सहमति पत्रमा हस्ताक्षर गरेका थिए । त्यो सहमति भएको पत्रको मसी सुक्न नपाउँदै जनकपुरमा स्वतन्त्र मधेशको झण्डा, ब्यानर, कालो ज्याकेट छुटै विखण्डनकारी शैली झल्कने गरी कार्यक्रमहरु देखिएका थिए । यो स्वतन्त्र नेपालीहरुका लागि स्वीकार्य विषय होइन । नेपाल बाहेक अन्य कुनै पनि मुलुकमा राष्ट्र विखण्डन गर्ने माग कोही कसैले गरेमा फासीको सजाय भइसक्थ्यो तर नेपालमा भने स्वतन्त्रताको दुरुपयोग गरेर छुटै राज्यको लागि आन्दोलन चलाउनेहरुलाई सरकारले वार्तामा बोलाएर सम्झौता गर्नु कत्तिको न्यायोचित र राष्ट्रप्रति जिम्मेवार छ भन्ने विषय नेपालमा उठेको छ । र भोलिका दिनमा यस्तै खालका विखण्डनकारी माग राखेर जो कसैले अराजकता मच्याएमा यही नजिर राखेर नेपाल राष्ट्रलाई नोक्सान पु¥याउन सक्छन त्यसकारण नेपालीहरु सिके राउतको विखण्डनकारी अभियानमा सरकार समेत बिकेको हो कि ? भन्ने भान आम जनतामा पर्न गएको देखिन्छ ।
नेपाल राष्ट्रको कुनै पनि नेपाली नागरिकले राष्ट्र टुक्र्याउने बाहेकका जनुसुकै राजनीतिक स्वतन्त्रताको अधिकार प्रदान गरेको छ । तर राष्ट्र टुक्र्याउने अधिकार दिएको छैन । त्यस्तो हुँदै नभएको कुरामा नेपाल सरकारले विखण्डनकारीलाई प्रशय दिएर सम्झौता गर्नु नेपाल राष्ट्रको लागि शुभ संकेत होइन ।
तराइमा जनमत संग्रह गरेर युक्रेतको क्रिमिया जस्तै गरी नेपालको तराइको भूभागको अस्तित्व समाप्त गर्ने नियोजित षड्यन्त्रबाट यो सिके राउतसँग भएको सम्झौता नेपाल राष्ट्रको पक्षमा नभएर अरु नै बाह्य शक्तिको डिजाइनमा भएको हुन सक्ने देखिन्छ । तसर्थ सबै देशभक्त नेपालीहरु सर्तक र सजग हुन जरुरी छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend