जन आकाश
रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका वडा नं. २ को डाडाँगाउस्थित छाँबुकमा सेरपोम समडुप छोइलिङ गुम्बाको निर्माण कार्य सम्पन्न भएको छ । यही फागुन १५ गते एकतले गुम्बाको ढलान गरेर गुम्बा निर्माण सम्पन्न भएको हो ।
त्यस क्षेत्रका बौद्धमार्गीहरुको बाहुल्यता भएपनि नजिकै गुम्बा नहुँदा बौद्धधर्ममा आस्था राख्नेहरुको लागि आफ्नो आस्था व्यक्त गर्न टाढा–टाढा जानुपर्ने बाध्यता थियो । त्यो समस्यालाई समाधान गर्न झण्डै ५ वर्ष अगाडि डाडागाउँका शेर्पा समुदायले गुम्बा निर्माणको लागि एएटा समिति निर्माण गरेका थिए र थोरै भएपनि कोष जम्मा गरेर बुद्धको मूर्ति स्थापना गरेर पूजा आरधना गर्ने गरेका थिए । गर्दै जाँदा
विभिन्न व्यक्तिहरुबाट, संघसंस्थाहरुबाट स्वइच्छिक रकम जम्मा गरी आवश्यक सिमेन्ट, रड किनेर निर्माण कार्यमा लाग्ने जनशक्ति गाउँलेहरुको श्रमदानबाट सेरपोम समडुप छोइलिङ गुम्बा निर्माण भएको त्यस गुम्बा व्यवस्थापन समितिका सचिव निमगेली शेर्पाले जानकारी दिएका हुन् ।
उक्त गुम्बा निर्माण गर्न डाडागाउँ, गैरीगाउँ, विगु, काम्वास, सोत्रेखानी, च्याङपर, काम्वस एकामफेदी आठ गाउँका मानिसहरुको श्रमदानबाट गुम्बा निर्माण भएको र त्यस गुम्बा निर्माणमा सबै जातजातिको सहभागीता रहेको विशेष गरेर हिन्दुहरुले उत्साहकासाथ सहयोग र श्रमदान गरेको गुम्बा व्यवस्थापन समितिका सचिवले बताएका छन् ।अचेल धावुक भन्दामाथि डाँडामा निर्माण भएको सेरपोम समडुप छोइलिङ गुम्बामा पूजा गर्न आउने श्रद्धालुहरुको घुइचो लाग्ने गरेको छ भने नयाँ गुम्बा हेर्न आउनेको भीड पनि उत्तिकै लागेको छ । त्यसको अलावा रामेछापको कुनामा रहेको डाडागाउँ, विगु, कात्रेवास, काम्वास, गैरीगाउँ, च्याङपरलगायतका गाउँका मानिसहरुको मुहारमा खुुसी पलाएको देख्न सकिन्छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend