logo मंगलबार, भाद्र २३ २०८३ | Tuesday 8th September 2026

नेपालमा वर्गिय, जातिय उत्पीडन बल ब. नेपाल


  • जन आकाश
  • शुक्रबार, चैत्र १ २०७५

हाम्रो देश विभिन्न, जात, धर्म, संस्कृति, भाषा, लिङ्ग, वर्ग, वर्गले भरिएको देश हो । यहाँ हरेक किसिमका आ–आफ्नै सिप कला भेष – भुषा रहेका छन् । ति मध्ये भएका कतिपय सिप कला हराउँदै गएका छन् भने कतिपय गुम्सिएर रहेका छन् । यि सबै सिप कला भेषभुषा लोप भएकै कारण देश आज गरिवीको रेखामुनी रहन पुगेको हो । आज सबै नेपाली विदेश गई केहि धन कमाउने नाउमा आफ्ने देशको ईज्ज्यत गुमाउनु परेको हो र देश झन–झन कंगाल भई ओरालो तिर गएको छ । यो सवै नेताहरुकै कारण भएको हो । केहि कम्युनिष्ट नेताहरुले भन्ने ग¥थे बेरोजगार समस्या समधान हुनेछ । दुई जात भन्दा अरु हुन सक्दैन भनेर बाल्थे तर हु–बहु लागु हुन सकेन । हिजो जे थियो त्यो जहिको त्यहि रहन पुग्यो । उज्यालो प्रकाश छर्न सकेन । कम्युनिष्टहरु निरासामा परिणत भए । जातिय, वर्गिय शोषण उत्पीडनको जगहरु दिनानु–दिन मौलाउने क्रम विभिन्न रुपरङ्गमा देखा पर्न थाल्यो । त्यसैको नेपालमा काम लगाउनेको तालमेल नमिलेर हो अथवा काम गर्नेको उचित तलब नपाएर हो भएका उद्योग कलकारखाना ठप्प छन । युवा विदेश जानेको संख्या बढ्दो लर्को बढेकै छ । त्यसैले यो देश बचाउने भनेको युवा शक्ति हो । यहाँ कुनै पनि बाहिरी शक्तिद्धारा देश र वर्गिय पहिचान जोगाउनको निम्ति रिसले सिंह भएको सेना माथि प्रश्न गर्नु भनेको आफैमा लजास्पद हुनु बाहेक अझ केहि होईन यस्तो हुनाले गर्दा जब वर्गहरुको मुक्ति हुन्छ तब मात्रै जातिय मुक्ति संम्भव छ अनि मात्रै वेरोजगार समस्या समाधान र देशले विकासको गति लिन सक्छ । रोजगारको ग्यारेन्टीको परिभाषा देशले नै दिन सक्छ । हाम्रा देशमा नेता नजन्मिएका होईनन् , सिप, कला, भेषभुषा, श्रोत, साधन र उद्योग धन्दाको त्यस ठाउँमा सदुपयोग नगर्ने र वैदेशिक रोजगारका युवाहरुलाई स्वदेशमै रोजगारीको ग्यारेन्टी गर्न नसक्ने नेता भएका छन् । यहाँ दलित, जनजातिहरुका प्रशस्तै नेताहरु छन् तर पनि सिप, कला, भेष, भुषाको आफ्नो पहिचान दिन नसकेको कारण तछाड–मछाड जस्ता द्धन्दले आन्तरिक विवाद मच्चिरहेको छ । यि विवादहरुलाई समाधान गर्नको लागि सिप, कला, भेष, भुषाको सदुपयोग नभएकै कारण देशमा वर्गिय जातिय उत्पिडिन भोग्नु परेको कारण दिनको घाम झैँ छर्लङ्ग भएको छ । बजार भाउ महङ्गि बढेको छ । धनीको मात्रै पहुँच रहेको छ । यस्ता समस्याहरु रहिराख्ने हो भने समस्याले विकराल रुप लिन सक्छ त्यसकारण वेलैमा सवैको ध्यान पुगोस ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend