जन आकाश
जनआकाश मिडिया प्रा.लि. ले मिति २०७५ साल फागुन ९ गते धनकुटा न.पा. १, हिले स्थित वायर हाउस निर्माणमा ३ करोड १४ लाख भ्रष्टाचार शिर्ष समाचार सम्प्रेषण गरेको समाचारलाई राप्रपा -लोकतान्त्रिक) को फेसबुक पेजले सेयर गरि लाईक गरेको देखिन्छ । तत्पश्चात उक्त समाचार हजारौँले सेयर गरि सामाजिक संजालमा गएपछि अनियमितता गर्नेहरुको कडा कार्यबाहि गर्नुपर्छ भनेर कमेन्ट -प्रतिकृयाहरु) धेरै देखिन्छ ।
सो समाचारलाई लिएर रातिराति जनआकाश मिडियाका सम्पादक तथा पत्रकारहरुमाथि धम्कीपर्ूण्ा भाषामा फोनहरु आउने गरेको थियो । कतिपयले फरकफरक नम्बरबाट धम्काउँदै स्वीच अफ गर्ने गरेका थिए भने राजेश कटुवालले समाचारको विषयमा पहिले धम्क्याए र पछि मलाई कसैले अराएको भनी माफी समेत मागेका थिए ।
उनीहरुले जनआकाश मिडिया प्रति उजुरी गरेनन् किनभने जनआकाशसँग वायर हाउस निर्माणमा भएको अनियमिताको फाईल सुरक्षित छ । जिल्ला समन्वय समिति धनकुटाका सदस्य लालचन्द्र गोङ्गबा र वाङ्गद तामाङ्गले उनीहरुको बर्ेइज्यती गरेको भन्दै उल्टै लाक्पा तामाङ्ग माथि धनकुटा जिल्ला अदालतमा र्साईबर कर््राईम मुद्धा दर्ता गरेको हो ।
निज लाक्पा तामाङ्ग गएको ३ महिना अगाडि मात्रै निर्वाचन आयोगमा विधिवत रुपमा राप्रपा -लोकतान्त्रिक) नामक दर्ता भएको पार्टर्ीीे संस्थापक केन्दि्रय अध्यक्ष हुन् । अध्यक्ष तामाङ्गसँग जनआकाश मिडियाले कुरा गर्दा स उक्त वायर हाउसमा भएको ३ करोड १४ लाख रुपैँया भ्रष्टाचारको मुद्धा रफादफा गर्नका लागि उहँालाई जेल हाल्ने षडयन्त्र भएको बताउँनुभयो । नाङलो ठटाएर हात्ती तर्सर्ााे खेल भएको भन्दै उहँाले थप्दै भन्नुभयोस सत्य समाचार पढेर, सेयर गर्न समेत नपाउने हो भने मुलुकमा लोकतन्त्र, गणतन्त्रको कुनै तुक नरहेको र यदि उक्त वायर हाउसको मुद्धा सामसुम पार्न खोजियो भने राप्रपा -लोकतान्त्रिक) ले कडा सडक आन्दोलन समेत गर्ने बताउनु भयो । साथै सत्य कुरा जनतामाझ वकालात गर्दा जेल जानु परे पनि त्यसलाई उहाँले हाँसि-हाँसि स्वीकार्ने बताउनु भयो । हाल वायर हाउस माथि भएको भ्रष्टाचार मुद्धा माथि अख्तियारले छानबिन गरिरहेको छ । अब यो हर्ेन बाँकि छ कि जेल को जान्छ भ्रष्टाचारी या भ्रष्टाचार र भ्रष्टाचारीहरुसँग लड्ने राप्रपा -लोकतान्त्रिक) का अध्यक्ष लाक्पा तामाङ्ग —
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend