logo शुक्रबार, साउन ८ २०८३ | Friday 24th July 2026

सनसनीपूर्ण खुलासा राप्रपा (लोकतान्त्रिक) का अध्यक्ष तामाङलाई मार्ने षडयन्त्र ः माग्यो प्रहरी सुरक्षा


  • जन आकाश
  • आइतबार, चैत्र १० २०७५

जनआकाश मिडियाद्धारा धनकुटा, १ हिलेमा ३ करोड १४ लाख भ्रष्टाचार शिर्षकमा छापिएको समाचार लाईक र सेयर गरेकै आधारमा अध्यक्ष लाक्पा तामाङ माथि उमेश घिमिरे लगायतका व्याक्तिहरुले धनकुटा जिल्ला अदालतमा मान हानीको मुद्धा दर्ता गराएपछि अदालतले पत्र काट्दै अध्यक्ष तामाङलाई १५ दिनभित्र जिल्ला अदालत धनकुटामा उपस्थित हुने आदेश दिएको हो ।
तत्पश्चात आज उहाँले गृह मन्त्रालय लगायत प्रहरी प्रधान कार्यलय नक्साललाई पत्रचार गर्दै आफुलाई मार्ने षडयन्त्र भईरहेको भन्दै आफनो ज्यानको सुरक्षाका निमित्त प्रहरी सुरक्षा मागेपछि यसमा सरकारको गम्भीर ध्यान आकर्षण भएको छ ।
उहाँले मिडियालाई मान हानीको मुद्धा त केवल एउटा बाहाना हो । उक्त वायर हाउसको मुद्धा रफादफा गर्न खोजे राप्रपा (लोकतान्त्रिक) ले कडा सडक आन्दोलन गर्ने अख्तियारलाई दबाब दिएको कारण धनकुटा जिल्लामा आफुलाई अदालतको बाहानामा झिकाई उक्त मुद्धा रफादफा गर्नको निमित्त कि त उल्टै आफुलाई फसाएर मान हानीको मुद्धामा जेल हाल्ने नभए मार्ने षडयन्त्र भईरहेको जानकारी दिनुभयो । उहाँले थप्नुभयो , मरे देशको लागि मरौँला तर भ्रष्टाचारीहरुलाई कुनै पनि हालतमा त्यसै छाड्दिन ।
पार्टी अध्यक्ष हुनु बित्तिकै अध्यक्ष तामाङले सुरक्षाको थ्रेट देखाउँदै प्रहरी सुरक्षा लिन लागेको हो । यदि यो झुठा भए उहाँलाई कडा भन्दा कडा कानुनी कार्यबाहि हुनुपर्छ अन्यथा यदि यो साँचो हो भने भ्रष्टाचार शुन्य  समाजका नारा बोकेका अध्यक्ष तामाङलाई पौने तिन करोड नेपाली जनताले साथ र समर्थन दिनैपर्छ ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend