जन आकाश
केहि महिना अगाडी मात्रै राप्रपा (प्रजातान्त्रिक) बाट पार्टी परित्याग गरि राप्रपा (लोकतान्त्रिक) स्थापना गरि आफु संस्थापक केन्दिय अध्यक्ष बन्नुभएको लाक्पा तामाङले आफुलाई विपक्षी दलका केहि व्याक्तिहरुले मार्ने षडयन्त्र गरिरहेको जानकारी सरकारलाई गराएपछि गृह मन्त्रालयले अध्यक्ष तामाङलाई आवश्यक प्रहरी सुरक्षा दिने भएको छ । केहि समयका लागि गृह जिल्ला जानुपर्ने भएका कारण सुरक्षा थ्रेटलाई मध्य नजर गर्दै अध्यक्ष तामाङलाई सरकारले सुरक्षा दिने भएको हो । धनकुटा,१ हिलेका वायर हाउसमा भएको अनियमिताको अख्तियारले छानबिन गरिरहेको क्रममा उक्त आरोपित ब्याक्तिहरुले उल्टै अध्यक्ष तामाङलाई वायर हाउसको मुद्धा रफादफा गर्नका निमित्त मान हानिको मुद्धा दर्ता गरि जेल लगाउने प्रपन्च रचेपछि अध्यक्ष तामाङ अदालतको आदेश बमोजिम गृह जिल्ला धनकुटा जान लागेका हुन् । बौद्ध राष्टका मुल एजेन्डा साथै भ्रष्टाचार शुन्य समाजका नारा बोकेका अध्यक्ष तामाङले सरकारलाई सुरक्षा प्रदान गरेकोमा मुरीमुरी धन्यवाद ज्ञापन समेत गरेका छन् ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend