जन आकाश
नेपालको सवैभन्दा जनसंख्या धेरै भएको क्षत्री समुदायको संगठन क्षत्री समाज नेपालले आज तेस्रो अधिवेशनको उदघाटन गराउन सफल भएको छ ।
देशभरीवाट पोखरामा जम्मा भएका क्षत्रीहरु र क्षत्रीनिहरुले पोखराको चिप्लेढुङगावाट राष्टिय झण्डा र क्षत्री समाज नेपालको ब्यानर बोकेर क्षत्री समाज नेपालका प्रतिनिधिहरु नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवाल पुरुषले लगाएका थिए भने महिलाहरुले गुन्यौ चोलि पोशाकमा पोखराको शहर रङगीएको थियो ।
क्षत्री समाज नेपालको अग्रीम घोषित कार्यक्रममा प्रमुख अतिथि पुर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका सभापति सेर बाहादुर देउवा, पुर्व उपप्रधानमन्त्री कमल थापा, पुर्व उपप्रधानमन्त्री चित्र बाहादुर केसी, पुर्व उपप्रधानमन्त्री भिम रावललाइ निमन्त्रणा गरिएको भए पनि आज विहानैवाट देशभर भारि वर्षा भएको र हवाइ यातयात अवरुद्ध भएको कारण माथि उल्लेखित व्यतित्वहरु पोखरा आउन नसकेको आयोजकले जानकारी दिएको हो ।
बिभिन्न चोकहरुवाट क्षत्री समाजका इकाइ समितिहरु वाजागाजासहित चिप्लेढुङगा आइ मिसिएको थियो अर्को रोचक पक्ष राष्ट्रिय सहिदले युद्ध जित्न प्रयोग गरेका ढाला र तरवार सहित प्रदर्शन गरिएको थियो । पोखराका सडकहरु खचाखच भरिएको थियो क्षत्री समाजका प्रदशनकारीहरु चिप्लेढुङगा नयाँ वजार पृथ्वि चोक हुदै प्रदशनी केन्द«को चउरमा जम्मा भइ कार्यक्रममा परिणत भएका थिए ।
कार्यक्रमको सभापतित्व क्षत्री समाज नेपालका अध्यक्ष प्रा.डा. चन्द« बाहादुर थापाले गर्नुभएको थियो भने प्रमुख अतिथि पुर्व सांसद सुर्य बाहादुर केसीलाइ बनाइएको थियो । कार्यक्रममा क्षत्री समुदायवाट निर्वाचित जन प्रतिनिधिहरु विभिन्न सरकारी निकायमा उच्च ओहोदामा पुगेका पुर्व कर्माचारीहरुको उपस्थितिमा कार्यक्रम भएको हो । कार्यक्रममा विभिन्न ब्यातिmत्वहरुले वोल्ने क्रममा सम्पुर्ण क्षत्रीहरु एक हुनुपर्नेमा जोड दिएका थिए । आवाश्यक पर्दा जहिले पनि क्षत्रीहरुले देशको लागि लडाइ लडेको इतिहाश सम्झाउदै खस क्षत्री समाजका उपाध्यक्ष समेत रहनु भएका योगेन्द« कुमार कार्कीले कार्यक्रमलाइ सम्बोधनका गदै क्षत्रीहरुको अधिकारको लडाइ लड्न धेरै वाकी भएको वताएका थिए ।
भोलि बन्दशत्र हुनेछ बन्दशवाट नयाँ नेतृत्व चयन हुने क्षत्री समाज नेपालले जनाएको छ ।
© 2026 All right reserved to janaaakash.com | Site By : SobizTrend