logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

प्रभु बैंक लिमिटेडको नयाँ शाखा कार्यालय गोरखामा फेरी थपियो ।


  • जन आकाश
  • आइतबार, बैशाख १ २०७६

प्रभु बैंकले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यका साथ गोरखा जिल्लाको पालुङटार नगरपालिका वडा नं. ५ मा मिति २०७५ चैत्र २८ गतेदेखि पालुङटार शाखा कार्यालय खोली सञ्चालनमा ल्याएको छ । प्रभु बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर पालुङटार नगरपालिकामा शाखा खोली सञ्चालनमा ल्याउने निजी क्षेत्रको पहिलो बैंक बन्न सफल भएको छ ।



२८ गतेवाट सञ्चालनमा आएको प्रभु बैंकको पालुङ्गटार शाखा कार्यालयबाट त्यहाँका स्थानीय तहका सेवाग्राही, सर्वसाधारणहरु, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको अत्याधुनकि प्रविधि सहितको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित् हुनेछन् र पालुङटार नगरपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने विश्वास लिएको बैंकल्े जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend