logo आइतबार, कार्तिक ९ २०८३ | Sunday 25th October 2026

सुरु भयो जुत्ता चप्पल मेला, भृकुटीमण्डपमा


  • जन आकाश
  • शुक्रबार, बैशाख ६ २०७६

नेपाली जुत्ता चप्पल उद्योगी समुहको आयोजनामा राजधानीको भृकुटीमण्डप प्रवेशद्वारमा काठमाडौं फुटवेयर विजनेस एक्स्पो बुधबारदेखि सुरु भएको छ । मेलाको चर्चित हास्य कलाकार तथा टेलिभिजनको हास्यब्यंग्य कार्यक्रम मुन्द्रेको कमेडी क्लवका संचालक जितु नेपालले उद्घाटन गरे ।
मेलामा मुलुकका प्रतिष्ठित जुत्ता चप्पल उत्पादकहरु बिएफ डियर हिल, रन, क्रसरोड, हाइलाइफ, रोयल, सुल्याण्ड र ग्याज फेसन लगायतका ६ वटा जुत्ताचप्पल उत्पादक कम्पनी सहभागी छन् । मेलामा ग्राहकलाई जुत्ताचप्पल खरिदमा १५ प्रतिशतदेखि ६० प्रतिशतसम्म छुट उपलब्ध गराइने विएफ डियरहिल सुजका प्रबन्ध निर्देशक होमनाथ उपाध्यायले उद्घाटनका अबसरमा जानकारी दिए । मेलामा नेपालमा चलेका अधिकांश प्रतिष्ठित जुत्ताचप्पल उत्पादकलाई एउटै छानामुनि समेटिएको छ । जुत्ता चप्पलका सेल मेला बेलाबेलामा हुने गरे पनि स्वदेशमै जुत्ता चप्पल उत्पादन गरेर आफूलाई स्थापित गरेका ब्राण्डको एकै ठाउँमा सहभागी भएर मेला गरेको पहिलो पटक भएको आयोजकको दावी छ ।
मेलामा महिलाका लागि समेत दर्जनौ भेराइटीका जुत्ता चप्पल उपलब्ध छन् । गर्मीमा चप्पलको सिजन सुरु भएकाले दर्जनौ मोडलका चप्पल मेलामै लन्च गरिएको रन सुजका प्रबन्ध निर्देशक रुद्र न्यौपानले बताए । मेलामा आफ्नो आवश्यकता अनुसार विभिन्न ब्राण्ड र मोडलका जुत्ता चप्पल छानेर लिन पाउने अबसर उपलब्ध हुने न्यौपानेले दावी गरे । मेलामा ३ हजारभन्दा बढी मोडलका जुत्ताचप्पल छन् । गर्र्र्मी, स्कुल कलेजको भर्ना सिजन र नयाँ बर्षलाई लक्षित गरेर उत्पादन गरिएका नयाँ मोडलका जुत्ता चप्पल मेलाका आकर्षण हुनेछन् । नेपाली जुत्ताचप्पल उद्योगी समुहले विराटनगर र हेटौंडामा मेला गरेपछि काठमाडौंका उपभोक्तालाई लक्षित गरेर काठमाडौं जुत्ता चप्पल ब्यापार मेला आयोजना गरेको हो ।



फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार

© 2026 All right reserved to janaaakash.com  | Site By : SobizTrend